back
NMB ad

लकडाउन हटाउने तयारीमा छन् यी देश

Kumari bank ad

एजेन्सी । कोरोना भाइरस संक्रमणविरुद्ध भ्याक्सिनको निर्माण नभएसम्म सामाजिक दुरी बाहेक दोस्रो प्रभावकारी विकल्प नदेखिए पनि केही देश सामाजिक दुरी कायम गराउन लागु गरेको लकडाउन हटाउने तयारीमा लागेका छन्।

जर्मन,डेनमार्क,अष्ट्रिया,स्पेनले लकडाउन हटाउने तयारी गरिरहेका छन्। केहीले पूर्ण रुपमै लकडाउन हटाउने रणनीति बनाइरहेको छ भने केहीले भने नागरिकको चहलपहलमा लगाएको कडा नियम खुकुलो बनाएर जोखिमको आधारमा व्यापारिक, शैक्षिक र अन्य क्षेत्रहरु खुल्ला गर्दै जाने रणनीति बनाएको छ।

जर्मन चान्सलर एंजेला मार्केलले आफू विस्तारै प्रतिबन्धहरु हटाउने बाटोमा हिड्न चाहेको बताएकी छिन्। उनले सामाजिक दुरीको नियम पालना गर्दै घरबाट बाहिर निस्कदा माक्स लगाउन आग्रह गर्दै साना पसल, गाडि र मोटरसाइकलका शोरुम खोल्ने बताइसकेकी छिन्। उनले सार्वजनिक सवारीसाधन समेत शुचारु गर्ने बताइसकेकी छिन्।

जर्मनमा ४ मे पछि विद्यालय खोल्ने तयारी शुरु भइसकेको छ । ३१ अगस्तसम्म ठुला धार्मिक कार्यक्रम या ब्यक्तिगत भेला भने गर्न पाइने छैन । सामाजिक दुरी कायम गरेकाले नै कोरोना भाइरस संक्रमणको क्षति रोक्न सकेको उनले बताएकी छिन् । जर्मनमा कोरोना संक्रमणबाट तीन हजार २ सय जनाको ज्यान गएको छ ।

डेनमार्कमा ११ वर्षसम्मका बालबालिकाको बिद्यालय खुलीसकेको छ । सफाइमा ध्यान दिन विशेष निर्देशनदिँदै नर्सरी तहका विद्यालय समेत खुलेका छन् डेनमार्कमा ।

अष्ट्रियाले आगामि साताबाट साना पसलहरु खोल्न दिने भएको छ । लामो दुरी कायम गरेर खेलिने टेनिस,गल्फ खेल्न समेत उसले छुट दिने तयारी गरिरहेको छ । एक मे बाट यी खेल खेल्ने अनुमती पाउनेछन् अष्ट्रियावासीले ।

स्पनेले निर्माण र म्यानिफ्याक्चरिङ्ग सम्बन्धी उद्योग खोल्ने तयारी गरेको छ । उसले घरेलु काम गर्ने मिस्त्रीहरुलाई समेत कामको अनुमती दिने तयारी गरेको बिबिसीहिन्दीले उल्लेख गरेको छ ।

वि.सं.२०७७ वैशाख ६ शनिवार १०:३७ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...