back
NMB ad

बाटोमा पैसा फाल्ने दुई महिला पक्राउ, को हुन् उनीहरु ?

Kumari bank ad

काठमाडौं । जनकपुरको सडकमा पैसा फालेर कोरोना फैलाउने संत्रास फैलाएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार प्रहरीले जनकपुरको धाम उपमहानगरपालिका– ७, जानकी नगरबाट ती महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरे पनि प्रहरीले दुबै महिलाको परिचय भने खुलाएको छैन । उनीहरुलाई केही बेरपछि सार्वजनिक गर्ने धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

शुक्रबार दिउँसो साढे १२ बजेको समयमा जनकपुरको महावीरचौकमा ती दुवै महिलाले १० रुपैयाँको नोट १२/१५ स्थानमा फालेर फरार भएका थिए ।

त्यसपछि कोरोना फैलाउन पैसा फालेको भन्दै स्थानीयहरुमा खैलाबैला मच्चिएको थियो। प्रहरीले ती नोटहरु जम्मा गरेर अनुसन्धानको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो भने ती दुबै महिलाको तस्बिर सीसीटीभी फुटेजबाट सार्वजनिक गरी खोजी कार्यमा सहयोग गर्न स्थानीयलाई आग्रह गरेको थियो ।

वि.सं.२०७७ वैशाख ६ शनिवार १५:२३ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...