back
NMB ad

लन्डनमा कोरोनाबाट एक नेपाली व्यवसायीको मृत्यु

Kumari bank ad

लन्डन । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण बेलायतमा आफ्नै एकाउन्टिंग व्यवसाय गरिरहेका एकजना नेपालीको मृत्यु भएको छ ।

बेलायतस्थित साउथ इष्ट लन्डनको वुल्वीचमा बस्दै आएका ४६ वर्षीय चार्टर्ड एकाउन्टेन्ट ध्रुब कुमार श्रेष्ठको अस्पतालमा उपचारकै क्रममा शनिबार राति मृत्यु भएको हो ।

ज्वरो, खोकी लगायत स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई १० दिनअघि लन्डनस्थित सेन्टथोमस अस्पतालमा भर्ना गरिएको थियो । उनी विगत १८ वर्षदेखि साउथ इष्ट लण्डनमा बस्दै आएका थिए ।

पोखरास्थित बगाले टोल घर भएका श्रेष्ठका श्रीमती, दुई छोरी र एक छोरी रहेका छन् । मृतक श्रेष्ठ मधुमेहका सामान्य विरामी रहेको बताइएको छ । उनका पिता चित्र श्रेष्ठ र आमा यतिबेला बेलायत भ्रमणका क्रममा बेलायतमै बस्दै आएका छन् ।

अहिलेसम्म बेलायतमा १८ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेहरुमा झन्डै एक दर्जन जति पूर्व गोर्खाहरु रहेका छन् ।

गैरआवासीय नेपाली संघको कोभीड १९ उच्चस्तरिय समिति अन्तरर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार यस अघि नै संसारभरिमा २९ जना नेपालीहरुको निफ्धन भएको जानकारी दिएको छ ।

मृत्यु हुनेमा आधाभन्दा बढी संख्या बेलायतकै रहेको छ । बेलायतमा आइतबार दिउँसोको तथ्यांक अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार ६० पुगिसकेको छ ।

वि.सं.२०७७ वैशाख ८ सोमवार ११:३३ मा प्रकाशित

You can share this post!

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८१ जेठ १३ आइतवार १०:१३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज जेठ...

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा...

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२२

काठमाडौँ: मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४...

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...