back
NMB ad

उदयपुरमा १२ जना कोरोना सङ्क्रमित भेटिएपछि खोटाङको नाका बन्द

Kumari bank ad

खोटाङ । छिमेकी जिल्ला उदयपुरमा १२ जना कोरोना सङ्क्रमित भेटिएपछि खोटाङको नाका बन्द गरिएको छ ।

उदयपुरमा ठूलो संख्यामा सङ्क्रमित भारतीय नागरिक भेटिएपछि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको आइतबार बसेको बैठकले सोमबारदेखि खोटाङ प्रवेश गर्ने र बाहिरिने नाका हप्ता दिनको लागि बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना भित्रिने र सङ्क्रमणको उच्च जोखिम रहेकोले सोमबारदेखि हप्ता दिनको लागि जिल्लाका सबै नाका बन्द गर्ने निर्णय गरिएको समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताउनुभयो ।

यस अवधिमा लुकीछिपी घर आए वा नाकामा फेला परेका व्यक्तीलाई सिधै लगेर क्वरेटीनमा १४ दिन राखिने छन् । हप्ता दिनको लागि विशेषगरी खोटाङ र उदयपुरबीचको नाका पूर्ण रुपमा बन्द रहने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

वि.सं.२०७७ वैशाख ८ सोमवार ११:३९ मा प्रकाशित

You can share this post!

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...