back
NMB ad

वैशाख १५ देखि नयाँ भर्ना शुरू !

Kumari bank ad

काठमाडौं । निजी विद्यालयले एक सातापछि अर्थात् वैशाख १५ देखि नयाँ भर्ना र परीक्षाफल प्रकाशित गर्न शुरू गर्ने भएका छन् ।कोरोना संक्रमणका कारण करिब एक महिनादेखि देशभरका विद्यालयका परीक्षा र भर्ना लगायतका सम्पूर्ण काम ठप्प छ ।

सरकारले यही १५ गतेसम्म लकडाउन कायम राखेको छ । अधिकांश विद्यालयले कक्षा १–९ को परीक्षा सम्पन्न गरे पनि परीक्षाफल प्रकाशित गर्न पाएका छैनन् ।

चैत पहिलो साता केही ठुला विद्यालयले कक्षा १ र माथिल्लो कक्षाको प्रवेश परीक्षाको मिति तय गरेका थिए । चैत ६ गतेबाट विद्यालय बन्द भएपछि प्रवेश परीक्षा लिएका केही विद्यालयले परीक्षाफल प्रकाशित गर्न सकेका छैनन् भने केहीको परीक्षा रद्द भएको थियो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइनेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीले लकडाउन लम्बिए वा नलम्बिए पनि यही १५ गतेबाट बाँकी रहेका विद्यालयको परीक्षाफल प्रकाशित गर्न पत्राचार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘वैशाख १५ बाटै अनलाइनमार्फत भर्ना, प्रवेश परीक्षा र परीक्षाफल प्रकाशित गर्ने काम गर्नेछौं ।’ सरकारले लकडाउन खुला गरे पनि तत्काल विद्यालय खोल्न अनुमति दिँदैन ।

प्याब्सन अध्यक्ष पुरीले हिजो सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिरराजमणि पोखरेललाई कक्षा सञ्चालन र प्रवेश परीक्षा लिने विषयमा जानकारी गराइसकेको बताउनुभएको छ । ‘मैले मन्त्रीज्यँसँग कक्षा रोकिएको परीक्षाफल प्रकाशित गर्नेदेखि नयाँ शैक्षिक सत्र शुरू गर्नेसम्मको विषयमा कुरा गरिसकेको छु, उहाँले मन्त्रालयमा बैठक राखेर निर्णय गर्छु भन्नुभएको छ।’–मन्त्री पोखरेलसँग भएको कुराकानीको विषयमा जानकारी गराउँदै प्याब्सन अध्यक्ष पुरीले भन्नुभयो ।

‘अब विद्यार्थीलाई बहलाएर राख्ने कुरा हुँदैन, तत्काल अनलाइन वा अन्यकुनै पनि माध्यमबाट कक्षा शुरू गर्नु पर्छ।’–उहाँको भनाइ छ ।
प्याब्सनको हिजो भएको अनलाइन बैठकले कक्षा सञ्चालन गर्ने विषयमा कुराकानी गरेको थियो । प्याब्सनले सबै प्रदेश, जिल्ला, स्थानीय कमिटीलाई पत्राचार गरी नयाँ परीक्षा सञ्चालन, प्रवेश परीक्षा र नयाँभर्ना गर्ने विषयमा निर्देशन दिने भएको छ ।

‘अब कुरेर बस्ने कुरै आउँदैन, अधिकांश अभिभावकले अनलाइन माध्यमबाटै कक्षा सञ्चालन गर्न अनुरोध गर्दै आउनुभएको छ, यस्तो अवस्थामा विद्यार्थीलाई विद्यालयमा नबोलाईकनै कक्षा सञ्चालन गर्ने विषयमा निर्णय गरेका छौं।’ –अध्यक्ष पुरीको भनाइ थियो । नेपाल समाचारपत्र खबर छ ।

वि.सं.२०७७ वैशाख ९ मंगलवार ०८:२८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...