काठमाडौं । टेकु अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड १९) का एक संक्रमित युवा आज (बुधबार) डिस्चार्ज हुने भएका छन् ।
युएईबाट आएका धादिङका ३२ वर्षीय युवा निको भएपछि अस्पतालले उनलाई घर पठाउने तयारी गरेको हो । ती युवालाई आज डिस्चार्जको तयारी रहेको अस्पतालले जनाएको छ ।
वि.सं.२०७७ वैशाख १० बुधवार १२:०९ मा प्रकाशित