काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट अमेरिकामा एकै दिन २ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ । अमेरिकामा मृतकको संख्या ४७ हजार ६ सय ५९ पुगेको छ। त्यस्तै त्यहाँ ८ लाख ४८ हजार ७ सय १७ जना संक्रमित छन् ।
अमेरिकामा एकै दिन ३० हजार नयाँ बिरामी थपिएका छन । विश्वभरबाट विगत २४ घण्टामा ६ हजाार पाँच सय भन्दा बढीको ज्यान गएको छ । त्यस्तै, करिब ८० हजार नयाँ बिरामी उपचारको लागि अस्पताल पुगेका छन्। इटालीमा २५ हजार ८५ जनाको मृत्यु भएको छ ।
त्यस्तै स्पेनमा २१ हजार ७ सय १७ को ज्यान गएको छ भने त्याँ २ लाख आठ हजार ३ सय ८९ संक्रमित छन्। फ्रासमा २१ हजार ३ सय ४० जनाको ज्यान गएको छ। त्यस्तै त्यहाँ १ लाख ५९ हजार संक्रमित छन्।
बेलायतमा मृततको संख्या १८ हजार नाघेको छ। त्यहाँ १ लखा ३३ हजार भन्दा बढीमा संक्रमण छ। वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार बुधबार विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ८४ हजार ६ सय ६६ छ। विश्वभर संक्रमितको संख्या २६ लाख ३५ हजार ७ सय १९ छ। ति मध्ये ७ लाख १७ हजार मानिस निको भएर घर फर्किएका छन्।
वि.सं.२०७७ वैशाख ११ बिहीवार ०७:२४ मा प्रकाशित