back
NMB ad

भारतीय जमातीसहित ४ संक्रमित आज डिस्चार्ज हुँदै

Kumari bank ad

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालको आइशोलेसनमा राखिएका ५ मध्ये ४ कोरोना संक्रमितलाई आइतबार डिस्चार्ज गरिँदैछ ।

अस्पतालमा उपचाररत ५ मध्ये तीन भारतीय मुस्लिम जमाती र रौतहटका १ युवक गरी ४ जनालाई आइतबार बिहान ११ बजे तिर डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ड डा.मदन उपाध्यायले जानकारी दिए।

चारै जनाको तेश्रो र चौथो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य अवस्था पनि सामान्य भएकाले उनीहरुलाइ डिस्चार्ज गर्न लागिएका डा.उपाध्यायले बताए । उनका अनुसार हेटौडा स्थित प्रादेशिक प्रयोगशालाबाट शनिबार बेलुकी अस्पताललाई प्राप्त चौथो रिपोर्ट नेगेटिभ आएको हो । यसअघि तेश्रो रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

उपाध्यायले भने–‘पहिलो र दोश्रो पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो, तर तेश्रो र चौथो रिपोर्ट लगातार नेगेटिभ आएप्छि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चार जनालाइ डिस्चार्ज गर्न लागेका हौं।’डिस्चार्ज गर्न लागिएका चार मध्ये रौतहटका युवालाई आफन्तको जिम्मा लगाएर घर पठाइने उनले बताए।

तीन भारतीय जमातीलाई भने सीमा बन्द रहेकाले वीरगन्जकै क्वारेन्टाइनमा राख्ने गरी डिस्चार्ज गर्ने विषयमा स्थानीय प्रशासनसँग छलफल भइरहेको मेसु उपाध्यायले जानकारी दिए।

वीरगन्ज–२ छपकैया स्थित मस्जिदमा बस्दै आएका २६ भारतीय जमातीमध्ये ३ जनामा कोरोनाको संक्रमण रहेको चैत ३० मा पुष्टि भएको थियो। रौतहटका संक्रमित युवकलाई भने बैशाख १ गते संक्रमणको पुष्टि भएपछि बैशाख २ गते नारायणी अस्पतालमा ल्याइएको थियो।

सर्लाही धनकौलका१४ वर्षीय किशोरलाई भने गत बिहीबार राति मात्रै अस्पताल ल्याइएको हो। उनको पनि स्वास्थ्य अवस्था सामान्य रहेको मेसु उपाध्यायले जानकारी दिए।

वि.सं.२०७७ वैशाख १४ आइतवार ०९:३५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...