काठमाडौं । पार्टीभित्रको आन्तरिक एकताको सुद्धृढीकरण, सरकारका काम कारबाही तथा स्थायी कमिटीको बैठक लगायतका विषयमा गहन छलफलसहित नेकपाको सचिवालय बैंठक सकिएको छ ।
बुधवार साझ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बालुवाटरमा बसेको बैठकमा सबै सदस्यहरुले आ–आफ्नो धारण व्यक्त गर्नुभएको थियो ।
बैठकले आन्तरिक छलफल तथा सर–सल्लाह जारी राख्दै आगामी बैशाख २० गते पुनः पार्टी सचिवालय बैठक बस्ने निर्णय गरेको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
वि.सं.२०७७ वैशाख १८ बिहीवार ०६:२६ मा प्रकाशित