back
NMB ad

लकडाउनमा तरकारी लिन निस्किएका युवकले विवाह गरेर दुलहीसहित फर्किए घर

Kumari bank ad

एजेन्सी । लकडाउनका बेला एक व्यक्ति तरकारी र खाद्यवस्तु लिन घरबाट बाहिर निस्किएका थिए । उनी घर फर्किंदा आफूसँगै दुलही पनि ल्याए । यो अचम्मको विवाह भारतको उत्तर प्रदेशको गाजियाबाद जिल्लाको हो ।

लकडाउनमा अचानक दुलही घरमा भित्रिँदा युवककी आमाको होश उड्यो । वास्तवमा, उनका छोराले आफ्नी प्रेमिकालाई श्रीमती बनाएर ल्याएका थिए । रिसाएका युवककी आमाले दुलहीलाई आफ्नो घरमा प्रवेश गर्न दिइनन्  । त्यसपछि यो पूरा घटना पुलिस थाना पुग्यो ।

दुलहीको पहिरन लगाएकी युवती र उनीसँग एक युवा थानामा उपस्थित थिए । त्यहाँ युवककी आमा आइन् र लकडाउन उल्लंघन गर्ने छोरालाई घरभित्र प्रवेश हुन नदिने बताइन् ।

भारतीय मिडिया आजतकका अनुसार थानामा युवतीकी आमाले चिच्याउँदै भनिन्, ‘छोरा खाद्य सामग्री लिन गएको थियो र केटी विवाह गरेर ल्यायो ।

यी दुईले विवाह गरेको कुनै प्रमाण छैन ।’ युवकलाई प्रहरीले सोध्दा आफूहरुले मन्दिरमा विवाह गरेको बताए । युवककी आमा राजी नभएपछि पुलिसले दुलहा–दुलहीलाई छुट्टै भाडामा बस्न सल्लाह दिए ।

वि.सं.२०७७ वैशाख १८ बिहीवार १३:३५ मा प्रकाशित

You can share this post!

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...