back
NMB ad

चीनको गान्सु प्रान्त सरकारद्धारा बागमति र प्रदेश–५ लाई स्वास्थ्य सामाग्री प्रदान

Kumari bank ad

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिईरहेको कारोना भाइरस (कोभिड–१९) का विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले नेपालको बागमती प्रदेश र प्रदश नं ५ लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

शुत्रवार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आयोजित एक कार्यक्रममा गान्सु प्रान्त सरकारका प्रतिनिधी होङ्ग होङ्गले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको रोहोबरमा सो मन्त्रालयका सचिव केदारवावु अधिकारीलाई २० हजार थान सर्जिकल मास्क र एक हजार थान पिपिई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री भट्टराइले कोरोना विरुद्धकोे लडाई जित्नका लागि प्राप्त स्वास्थ्य सामाग्रीले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । यो खालको सहयोगले नेपाल –चीनवीचको सम्वन्धलाई अझ सुदृढ बनाउनुका साथै दुई देशका जनतावीचको सम्वन्धलाई पनि प्रगाढ बनाउने विश्वास मन्त्री भट्टराईले व्यक्त गर्नुभयो ।

मन्त्रालयका सचिव अधिकारीले प्राप्त सहयोगका लागि सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्दै यसवीचमा चीन सरकारका विभिन्न तहबाट प्राप्त सहयोगको पनि उच्च प्रशंसा गर्नुभयो ।

त्यस्तै, गान्सु प्रान्त सरकारका प्रतिनिधी होङ्गले आफ्नो सरकारका तर्फबाट यो पहिलो सहायता भएको उल्लेख गर्दै आवश्यकता अनुसार थप सहयाग गर्दै जाने बताउनुभयो ।

चीनवाट शुरु भएको कोरोनाको प्रकोप अहिले विश्वव्यापी भइसकेको सन्दर्भमा आफूहरुले यसवाट प्रभावित देशहरुलाई सक्दो सहयोग गर्न चाहिरहेको उल्लेख गर्दै उहाँले कोरोना विरुद्धको यो लडाई जित्न थप आवश्यकता चाहिएमा खुलस्त रुपमा भन्न समेत आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो–‘नेपाललाई यो महामारीबाट हुनसक्ने धनजनको क्षतीवाट बचाउन थप आवश्यकता चाहिए खुलस्तरुपमा भन्नुहोला, हामी सहयोगका लागि तयार छौ ।’ यस्ता महामारी र प्रकोप मानिसको नियन्त्रणमा नहुने उल्लेख गर्दै उहाँले मानव– मानववीचको सद्भाव कायम राख्न र दुई देशवीचको प्रगाढ सम्वन्धलाई अझ सुदृढ बनाउने निरन्तरताका रुपमा यो सहयोग प्रदान गरिएको बताउनुभयो ।

वि.सं.२०७७ वैशाख १९ शुक्रवार १६:५८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...