back
NMB ad

लकडाउनमा मूड फ्रेस गर्न ‘श्रीमान बिक्रीमा’ !

Kumari bank ad

वासिंटन । कोभिड-१९ को महामारीबाट बच्न विश्वका अधिकांश सरकारले लकडाउन घोषणा गरेका छन् । सुरुमा त कोभिड १९ को महामारी समर सुरु भएसँगै हराउला भन्ने थियो । तर दिन, साता हुँदै महिना बितिसक्दा पनि यो नष्ट नहुँदा लकडाउन पनि लम्ब्याउन थालिएको छ ।

आम मानिसहरु भने लकडाउनको दिक्दारीबाट ‘रिफ्रेस’ हुन अनेक उपाय खोजिरहेका छन् । खासगरी अमेरिकाका विभिन्न सहरका मानिस पछिल्लो समय लकडाउनको दिक्दारीबाट मुक्त हुन अनेक किसिमका होडिङ बोर्ड तथा ब्यानर टाँग्न थालेका छन् । ‘टिकटक’, ‘भिडिओ कल’ जस्ता कुराले मात्रै नपुगेपछि घरको बार्दलीमा रोचक र ठट्यौला पेन्टिङ तथा ठूला ब्यानर टाँगेर रमाइलो गरिरहेका छन् ।

त्यस्ता ब्यानर हालै सामाजिक सञ्जालमा भाइरल समेत बनेका छन् । ‘अनइन्स्टल २०२० इट्स गट अ भाइरस’, ‘माइ हजबेन्ड फर सेल’ यी दुई ब्यानर सामाजिक सञ्जालमा धेरै भाइरल बनेका हुन् ।

यस्ता अन्य व्यानर पनि रमाइलो पारामा घरमा टाँगिएका हुन् । यी ठट्यौला सन्देशसहितका ब्यानर पहिलो पटक कसले र कहिले टाँगेको थियो भन्ने बारे विस्तृतमा खुलेको छैन । यद्यपि, यी ब्यानर ‘माइन्ड फ्रेस’ गर्न घरबाहिर बरन्डामा टाँगिएको बताइएको छ ।

वि.सं.२०७७ वैशाख १९ शुक्रवार १७:४२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...