back
NMB ad

मुख्यमन्त्री पौडेलद्वारा कोरोनाविरुद्धको लडाईमा डा. झा र अन्य चिकित्साकर्मीलाई बधाई

Kumari bank ad

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारलाई त्रसित बनाइरहेको कोरोना भाइरसविरुद्ध देशले घोषणा गरेको लडाइँमा डा रुना झा र अन्य चिकित्साकर्मीको योगदानको चिरकालसम्म स्मरण हुने बताउनुभएको छ ।

आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले संयुक्त राष्ट्रसङ्घीय महिला मिसन युएन वुमनले छनोट गरेको कोरोनाविरुद्धको अभियानमा स्वास्थ्य मोर्चाको अग्रपङ्क्ति सम्हाल्ने विश्वका पाँच महिलाभित्र नेपालकी डा. रुना झा पनि पर्न सफल भएकामा हार्दिक बधाई ज्ञापन गर्नुभयो । “तपाईं र तपाईं जस्ता चिकित्साकर्मीको योगदानको चिरकालसम्म स्मरण हुनेछ”, मुख्यमन्त्री पौडेलले जारी गरेको बधाई सन्देशमा उल्लेख छ ।

मुख्यमन्त्री पौडेलले यो सफलता देशको सबैभन्दा ठूलो सरकारी प्रयोगशालामा रहेर दैनिक औसत ७० बिरामीको स्वास्थ्य परीक्षण रिपार्टको अन्तिम टुङ्गो लगाउने डा. झा र उहाँको समूहको अद्वितीय सफलता हो, भन्नुभएको छ । पौडेलले यो सफलता कोरोना भाइरसको कहरका बीचमा प्राप्त अवसरको समुचित प्रयोगबाट निस्किएको राष्ट्रिय उपलब्धि पनि भएको उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले नेपालका लागि कोरोना भाइरस एक महामारी मात्रै नभई संसारलाई नेपाली जनताको विवेक, स्वास्थ्यकर्मीको क्षमता, सुरक्षाकर्मीको लगन र सरकारको व्यवस्थापन देखाउने सुनौलो अवसरका रूपमा पनि आएको उल्लेख गर्नुभएको छ ।

उहाँले सन्देशमा कोरोनाविरुद्ध सरकारले व्यवस्थित र चुस्त रणनीति अपनाएको, देशभर परीक्षणको व्यवस्था गरेको तथा वाग्मती प्रदेशमा मात्रै विभिन्न छ स्थानबाट कोरोनाको परीक्षण भइरहेको उल्लेख गर्नुभएको छ । “कोरोनाविरुद्ध हामी सबै डटेर लागेका छौँ, हामी चाँडै नै कोरोनालाई सधैँका लागि बिदा गर्दैछौँ”, मुख्यमन्त्री पौडेलले सन्देशमार्फत भन्नुभएको छ ।

वि.सं.२०७७ वैशाख २१ आइतवार १०:१६ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...