back
NMB ad

ब्याजदर फेरि घटाउने, अब कति छुट ?

Kumari bank ad

काठमाडौं । कर्जाको ब्याजदर घटाउन आफ्ना लगानीकर्ता र सञ्चालकको दवाव बढेपछि बैंकरहरू निक्षेपको ब्याज नै पुनः घटाउने पक्षमा उभिएका छन् ।

राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायलाई दिएको कर्जामा २ प्रतिशत ब्याज छुट दिन निर्देशन दिएपछि बैंकरहरूलाई निक्षेपको ब्याज घटाउन ‘नैतिक बल’ मिलेको बैंकरले बताए ।

‘हामीले जेठबाट कर्जाको ब्याज घटाउने भनेका थियौं, तर राष्ट्र बैंकले ब्याज छुट नै दिनुपर्छ भन्यो’, एक बैंकर भन्छन, ‘सरकारले दिनुपर्ने अनुदान बैंकको थाप्लोमा आएपछि निक्षेपको ब्याजदर घटाउने विकल्पमा छलफल गरिएको हो।’ नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि निक्षेपको ब्याजदर घटाउनेबारे छलफल चले पनि टुँगोमा नपुगिएको बताए।

यद्यपि, बैंकमा पैसाको अभाव नचर्किए असार वा साउनदेखि निक्षेपको ब्याजदर अझै घट्न सक्ने बैंकरहरू बताउँछन्। बैंकरका अनुसार जेठदेखि नै कर्जासँगै निक्षेपको ब्याजदर समेत घटाउने तयारी भएका थियो । तर, राष्ट्र बैंकले पुनः निक्षेपको ब्याजदर घटाउन नहुने मौखिक आग्रह गरेपछि बैंकरहरू केही समयका लागि प्रतिक्षामा रहेका छन्।

यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले पनि ऋणीलाई सहुलियत दिने नाममा निक्षेपकर्तालाई मारमा पार्न नहुने बताएका थिए । उनकै ‘पदचाप’मा राष्ट्र बैंकले बैंकरलाई त्यस्तो निर्णय नगर्न भनेको हो।

एक महिनाअघि बैंकर्स संघले सबै खाले निक्षेपको ब्याजदर १ प्रतिशत विन्दु घटाउने ‘भद्र सहमति’ गरेका थिए । त्यसपछि व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूले बढीमा ८.७५ प्रतिशत मात्रै ब्याज दिने सहमति भएको छ ।

बचत र कल निक्षेपका साढे ५ प्रतिशतभन्दा ज्यादा ब्याज नदिने सहमति पनि बनेको छ । अहिले कतिपय बैंकले यो ‘सहमतिको विन्दु’भन्दा निकै कममात्र ब्याज दिइरहेका छन्।

बैंकरहरु तीन महिनाका लागि दिइएको ब्याजछुटको ‘सट्टा भर्ना’ गर्न निक्षेपको ब्याजदर असीमित समयका लागि २ प्रतिशत विन्दु नै घटाउन तत्पर देखिएका हुन् ।

राष्ट्र बैंकले प्रकाशित ब्याजदर तीन महिनामा एक पटकमात्रै परिमार्जन गर्न पाइने व्यवस्था गरेको छ। तर, अहिले कारणबस घटाएको ब्याजदर लामो समयसम्म कायम राख्न पनि बैंकहरूलाई कानुनी अड्चन रहँदैन । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

वि.सं.२०७७ वैशाख २३ मंगलवार ०८:५८ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...