back
NMB ad

प्रतिनिधिसभाका सबै सदस्य तथा कर्मचारीहरूको कोरोना परीक्षण गरिने

Kumari bank ad

काठमाडौं । प्रतिनिधिसभाका सबै सदस्य तथा कर्मचारीहरूको कोरोना परीक्षण गरिने भएको छ।

मंगलबार सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सबै सांसद र कर्मचारीको पीसीआर विधिबाट कोरोनाको परीक्षण गर्ने निर्णय गरेको हो ।

वैशाख २६ गतेदेखि संसदको बर्खे अधिवेशन आह्वान भइसकेको छ । बैठक सञ्चालन हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदको सभाहलहरू, कक्षहरू, भवन र परिसरलाई स्यानीटाइज गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै दूरी कायम गरेर बैठकहरु सञ्चालन गर्ने, संघीय संसद भवनमा कोरोना संक्रमण हुन नदिन सबै पूर्व तयारी गर्ने निर्णय पनि बैठकले गरेको छ। संघीय संसद भवनको सरसफाईमा विशेष ध्यान दिने निर्णय पनि बैठकले गरेको छ।

वि.सं.२०७७ वैशाख २४ बुधवार १४:०५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...