back
NMB ad

एकैपटक कोरोना जितेर प्रदेश १ मा थप ८ जना डिस्चार्ज

Kumari bank ad

विराटनगर । विराटनगरको कोरोना उपचार केन्द्रबाट शुक्रबार एकैपटक ८ जना डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केमा कोरोना संक्रमण पुष्टि भई वैशाख ८, ९ र १० गते ल्याइएका मध्ये एक महिलासहित ८ जना डिस्चार्ज भएका हुन् ।

लगातार तीन पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।

शुक्रबार डिस्चार्ज हुनेमा एक भारतीय नागरिक पनि छन् । अन्य दुईजना विराटनगर १७ का र एक महिलासहित बाँकी ५ जना उदयपुर भुल्केका स्थानीय हुन् ।

उपचार केन्द्रमा रहेका ६ जना गत बुधबार कोरोनामुक्त भएर डिस्चार्ज भएका थिए । ती सब भारतीय नागरिक थिए । हाल सम्म ७ भारतीय र ७ नेपाली नागरिक डिस्चार्ज भएका हुन् ।

शुक्रबार डिस्चार्ज हुनेहरुमा भारतीय नागरिक २४ वर्षीय मो. आदिम, विराटनगर १७ का ७२ वर्षीय आइमुन मियाँ र ६० वर्षीय इजरायल मिया, उदयपुर भुल्केका २० वर्षका अजाद आलम, १८ वर्षका माँ इमरान अहमद, १८ वर्षकै परबेज आलम, ४१ वर्षका मोख्तार मियाँ र ५५ वर्षका रौसन खातुन रहेका छन् ।

शुक्रबार डिस्चार्ज भएका महिलालाई होम क्वारेन्टाइन र बाँकी ७ जनालाई विराटनर रानीस्थित मस्जिदको क्वारेन्टाइनमा राखिनेछ । अब अस्पतालको आइसोलेसनमा १७ जना संक्रमित छन् । यसअघि डिस्चार्ज भएका ६ जनालाई विराटनगरस्थित रानी मरकजमा क्वारेन्टाइन राखिएको छ ।

शुक्रबार संक्रमितलाई निगरानी गरी निको पारेकोमा बिरामीका आफन्त र मस्जिदका पदाधिकारीले प्लेकाडमा लेखेर चिकित्सक र प्रदेश १ सरकारलाई धन्यवाद समेत दिएका थिए । समाचार/तस्विर: अन्नपूर्ण पोष्ट

वि.सं.२०७७ वैशाख २६ शुक्रवार १२:५४ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...