काठमडौं । नेपालमा आज एकैदिन ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन् ।
जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन । उनीहरू सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ । योसँगै नेपालमा कोरोना भाइरसका संक्रमित १९१ पुगेका छन्।
वि.सं.२०७७ वैशाख ३० मंगलवार १३:०६ मा प्रकाशित