back
NMB ad

टेलिकमको आम्दानी : ९ महिनामा २६ अर्ब ८३ करोड, यस्तो छ वित्तीय विवरण

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको आम्दानी घटेको छ । गएको आर्थिक वर्षको पहिलो ९ महिनाको तुलनामा यो आर्थिक वर्षको ९ महिनाको आम्दानी ६७ करोड रुपैयाँभन्दा धेरैले घटेको छ ।

टेलिकमले ९ महिनामा २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार आम्दानी गरेको छ । गएको वर्षको यही अवधिमा २७ अर्ब ५० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

टेलिकमले २०७५ चैत्र १ देखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा छुट गणना सुरु गर्दा आम्दानी घटेको जनाएको छ । गणना गर्न सुरु गरेको र कमिसन कुल बिक्रीलाई हिसाब गरिसकेपछि प्रदान गरिने तर छुट बिक्रीअघि प्रदान गरिने हुँदा छुटको कारणले पनि सेवाबापतको आय घटेको टेलिकमको दाबी छ ।

चालु आवको तेस्रो त्रैमासिकसम्म यो छुट रकम कुल ८५ करोड ३३ लाख ४४ हजार रहेको छ । यसरी चालु आवको तेस्रो त्रैमासिकसम्मको कुल आयमा छुट पनि सम्मिलित गर्दा कुल आय गत आवको त्यही अवधिको तुलनामा झण्डै १८ करोडले धेरै हुने टेलिकमको दाबी छ ।

त्यसको अतिरिक्त कोरोना भाइरसको महामारी नियन्त्रणको लागि चैत्र ११ देखि घोषणा गरिएको लकडाउनको कारणले चैत्र महिनाको राजस्वमा नकारात्मक असर परेको पनि टेलिकमले जनाएको छ ।

लकडाउनको अवधिमा चैत्र २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस रकम ५३ करोड चार लाख रुपैयाँ बराबरको छ । त्यही अवधिमा शून्य ब्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई पाँच करोड ३३ लाख रुपैयाँ बराबरको शून्य ब्यालेन्स प्याकेज प्रदान गरिएको छ ।

त्यसैगरी मोबाइल सेवाको आधारभूत दरमा २७ देखि ३० प्रतिशतसम्म छुट प्रदान गरिएको छ, त्यो आठ करोड दुई लाख रुपैयाँ बराबरको हुन्छ ।

यसरी लकडाउनको कारण कम्पनीको आयमा कुल ६६ करोड ९९ करोड रुपैयाँ बराबरको नकारात्मक असर परेको हो । यसबाहेक कम्पनीले कोरोना राहत कोषमा १० करोड योगदान गरेको टेलिकमले जनाएको छ ।

प्रत्यक्ष असरका अतिरिक्त समीक्षा अवधिमा विदेशी विनिमय दर (अमेरिकी डलरलगायत) मा भएको वृद्धि तथा बाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तारसँगै घर भाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, नेटवर्क तथा सेवा विस्तारको क्रममा टिम परिचालनको लागि लाग्ने खर्च वृद्धि आदिको कारण पनि व्ययभार बढ्न गइ मुनाफामा असर परेको टेलिकमले जनाएको छ ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार १४:०५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...