back
NMB ad

कोरोना भाइरसको संक्रमण रोकथामको लागि वडाको सक्रियता

Kumari bank ad

थम्मन थापा, बागलुङ । विश्व व्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामको निमित्त गलकोट नगरपालिका ३ मा पहल थालिएको छ ।

वडामा सर्वदलीय सर्वपक्षीय बैठक बसी कोरोना विपत व्यवस्थापन समिति, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन समिति चयन गरिएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वीरगंज भण्डारीले जानकारी दिनुभयो ।

वडा नं ३ हटिया गलकोट नगरको बढी मानिसको ओहोरदोहोर हुने र बजारमा हुने आवत जावतले गर्दा कोरोना संक्रमण फैलिने सम्भावनालाई मध्यनजर गरी यस तर्फ सचेत हुन वडाले विभिन्न प्रयास थालनी गरेको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।

पछिल्लो समय गलकोट क्षेत्र पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको भन्दै आज वडामा वडा अध्यक्ष वीरगंज भण्डारीको संयोजकत्वमा १५ सदस्यीय कोरोना विपत व्यवस्थापन समिति चयन गरिएको छ ।

समितीको सदस्यमा वीरेन्द्र श्रेष्ठ, दिलु सुवेदी, अनुप केसी, नन्दराज शर्मा, खिम साहनी, पदम श्रेष्ठ, लक्ष्मी खड्का, राम बहादुर खत्री, कौशिला घर्ती मगर, डिल कुमारी खत्री, लाल बहादुर भण्डारी (सेरा), कृष्ण सुवेदी, मुकुन्द सिंह भण्डारी र कृष्ण प्रसाद गौतम रहनुभएको छ ।

त्यस्तै देवेन्द्र खत्री संयोजक रहेको ५ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । समितीको सदस्यमा राम खत्री, मञ्जु चालिसे, चित्र साहनी, फम बहादुर खत्री, टंक चालिसे र लबिन परियार रहनु भएको छ ।

वडामा बाहिर बाट नयाँ व्यक्तिको आगमन भएमा वडा भित्र क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन गर्न वडा सदस्य झहर बहादुर खत्रीको संयोजकत्वमा ५ सदस्यीय क्वारेन्टाइन व्यवस्थापन समिति चयन गरिएको छ ।

समितीको सदस्यमा बेल बहादुर बोहोरा, रत्न कला अधिकारी, तुलसी परियार र शुष्मा श्रेष्ठ रहनु भएको छ । क्वारेन्टाइन स्थल गलकोट बहुमुखी क्याम्पसमा आजै तयार गरिने वडा सचिव आनन्द प्रसाद शर्माले जानकारी दिनुभयो ।

सो अवसरमा बर्खायाम सुरु भए सँगै डेङ्गुको प्रकोप छिमेकी जिल्लाहरूमा देखिन थालेकोले गलकोट नगरपालिका पनि त्यसको जोखिममा रहेको हुँदा त्यसबाट बच्न नगरपालिका स्तरीय फिभर क्लिनिक स्थापना गर्न नगरपालिकामा माग गर्ने निर्णय गरिएको छ ।

वि.सं.२०७७ जेठ २ शुक्रवार १६:५१ मा प्रकाशित

You can share this post!

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...