back
NMB ad

सेनाका उच्च अधिकारी र प्रहरीमा पनि कोरोना संक्रमण

Kumari bank ad

काठमाडौं । प्रदेश २ मा शनिबार १० जना कोरोना संक्रमित थपिएका छन् । थप संक्रमितमध्ये नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय महोत्तरीमा कार्यरत ५२ वर्षीय एक उच्च अधिकारी, सेनाकै चिकित्सा क्षेत्रका २६ वर्षीय लेफ्टिनेन्ट र बारामा कार्यरत एक प्रहरी जवान छन् ।

सेनाको स्वास्थ्य टोलीले बिहीबार साँझ मध्यपूर्वी पृतनामा कार्यरतको स्वाब संकलन गरेको थियो । सेनाकै टोलीले स्वाब परीक्षणका लागि धुलिखेल अस्पताल लगेको थियो ।

सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले प्रदेश २ को मध्यपूर्वी पृतनामा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताए पनि उनीहरूको दर्जा भने खुलाएका छैनन् ।

दुवै संक्रमितलाई उपचारका लागि सशस्त्र प्रहरीको काठमाडौंस्थित कोरोना अस्पतालमा शनिबार राति गाडीमै ल्याइएको छ । सेनाका ती अधिकारी वैशाख २७ गते बाराको जितपुरमा निर्माणाधीन एकीकरण स्मृति उद्यानको शिलान्यास कार्यक्रममा सहभागी हुन वीरगन्ज पुगेका थिए । -कान्तिपुर दैनिकबाट

वि.सं.२०७७ जेठ ४ आइतवार ०७:४२ मा प्रकाशित

You can share this post!

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...