back
NMB ad

थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

Kumari bank ad

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ । सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३५७ पुगेको हो ।

सोमबार बाँकेमा थप ४७ सहित थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४६ पुरुष, एक महिलामा कोरोना पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । योसँगै बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।

त्यसैगरी विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एक जना, धुलिखेलमा गरिएको परीक्षणमा रौतहट, धनुषा, दाङ र धादिङका एक–एक जना तथा भैरहवामा गरिएको परीक्षणमा गुल्मीका एक जना व्यक्तिमा कोरोना पोजिटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

यसअघि सोमबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका ८ र बाराका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै एकैदिनमा कोरोना संक्रमितको संख्या ६२ रहेको छ । संक्रमित सबैको उमेर १८ वर्षदेखि ४६ उमेर समूह रहेको मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा आरडीटी विधिबाट ६९ हजार ५ सय ६० नमूना परीक्षण भएको छ । पीसीआर विधिबाट भने हालसम्म ३० हजार ७ सय २३ परीक्षण भएको छ ।

वि.सं.२०७७ जेठ ५ सोमवार १८:२३ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...