back
NMB ad

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूमि हो, जसरी पनि फिर्ता लिन्छौ’ : प्रधानमन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूमि भएको भन्दै यसलाई जसरी पनि फिर्ता लिने बताउनुभयो ।

भारतले नेपाली भूमि प्रयोग गरेर विवादको भूमि बनाएको बताउँदै प्रधानमन्त्रीले यो नेपाली भूमि यो भूमिका विषयमा कुनै विवाद नभएको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘मन्त्रिपरिषदेबाट हिजो हामीले नयाँ नक्सा जारी गरेका छौं । २०१८ सालसम्म जनगणना गर्ने, तिरो उठाउने कामहरु भएका थिए । त्यसपछि तिरो उठाउन जान नदिनेजस्ता काम भयो । १९६२ मा कालापानीमा भारतीय सेना बसेपछि त्यभन्दा पश्चिमतर्फ जान बन्द गरियो । त्यसबेलाका शासकहरुले सहेर बसे । तर अब लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूभाग फिर्ता लिएर छाड्छौं । हामी छाड्नेवाला छैनौं । हामीले कोही रिसाउँछ कि भनेर कुनै कदम चालेका हैनौं ।’

‘जसरी हामीले नीति कार्यक्रममा प्रस्तुत गरेको थियौ, त्यो काम हामीले गरेका छौं । देखाउनका लागि तथाकथित राष्ट्रवादको कुरा नेपालको नक्साका विषयमा होइन । यो कुनै तमासा गरिएको होइन, यो यथार्थमा फिर्ता लिन गरिएको हो,’ प्रधानमन्त्रीले भन्नुभयो ।

सरकारले सार्वजनिक गरेको नक्साका बारेमा सदनमा जानकारी गराउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधानको अनूसुची–३ मा रहेको नेपालको प्रतिक चिन्ह संशोधन गर्न संविधान संसोधन प्रस्ताव पेस हुनेछ ।

अरु विषयमा पनि संसोधनका विषयमा भोलि छलफल गर्नसकिन्छ तर अहिले भूमि फिर्तासँग सम्बन्धित तत्कालको महत्वको विषय भएका कारण यहि अधिवेशनमा संविधान संसोधनको प्रस्ताव आउनेछ । मैले विश्वास लिएको छु । संसदले पारित गर्नेछ ।

वि.सं.२०७७ जेठ ६ मंगलवार १३:१५ मा प्रकाशित

You can share this post!

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...