back
NMB ad

पूर्ण क्षमतामा सञ्चालित हुन हव अस्पतालका प्रमुखहरूलाई स्वास्थ्यमन्त्री ढकालको निर्देशन

Kumari bank ad

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पूर्ण क्षमतामा सञ्चालित हुन हव अस्पतालहरूलाई निर्देशन दिनुभएको छ ।

हव अस्पतालका प्रमुखहरूलाई शुक्रबार मन्त्रालयमै बोलाएर मन्त्री ढकालले पूर्ण क्षमतामा अस्पताल सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको हो ।

केही दिनदेखि उपचारका बारेमा गुनासोहरू समेत सुनिएको भन्दै मन्त्री ढकालले कुनै पनि गुनासो आउन नदिने गरी अस्पताल सञ्चालन गर्न निर्देशन दिनुभयो ।

एकले अर्कोलाई गुनासो गरेर बस्ने समय नरहेको भन्दै मन्त्री ढकालले योजना अनुसार पूर्ण क्षमतामा काम गरेर अब्बलता देखाउन अस्पतालका प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

उहाँले सूचना प्रणाली समेत बलियो बनाउनुपर्ने आवश्यकता रहेको भन्दै स्याटेलाइट अस्पतालहरूले हब र हब अस्पतालले मन्त्रालयलाई रिपोर्टिङ गर्ने गरी काम गर्न निर्देशन दिनुभयो ।

उहाँले नीति, निर्दे्शिका, कार्यविधिमा कुनै पनि समस्या आए तुरून्त परिवर्तन गर्न सकिने भन्दै हरेक समस्याको विकल्पसहितको समाधान खोजिनुपर्ने बताउनुभयो । कुनै पनि अस्पतालाई स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने भन्दै मन्त्री ढकालले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री ढकालले मानवश्रोतको परिचालन सबन्धी स्पष्ट योजना बनाउन र बिरामी बढ्दै जाँदा बेडको व्यवस्थापनका बारेमा पूर्व तयारी गरेर कार्यान्वयनमा जान निर्देशन पनि दिनुभयो । उहाँले बिरामी रिफरका लागि स्वास्थ्य आपत्कालीन केन्द्रको नेतृत्वमा तत्काल संयन्त्र निर्माण गरी कार्यान्वयन गर्न समेत निर्देशन दिनुभयो ।

सो अवसरमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गा, वीर अस्पतालका कार्यकारी निर्देशक केदार सेञ्चुरी, विरेन्द्र सैनिक अस्पतालका डा उदय बज्राचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा विष्णुप्रसाद शर्मा, सिभिल सर्भिस अस्पतालका कार्यकारी निर्देशक डा दीर्घाराज आरसी र भक्तपुर अस्पतालका डा सुनिल ढुंगेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ, मन्त्रालयका विशेषज्ञ डा दीपेन्द्ररमण सिंह, मन्त्रालयका विज्ञ सल्लाहकार डा खेमबहादुर कार्की, इन्सिडेन्ट कमान्ड सिस्टमका प्रमुख डा गुणराज लोहनी लगायत सहभागी हुनुहुन्थ्यो ।

वि.सं.२०७७ जेठ १६ शुक्रवार २१:३३ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...