back
NMB ad

फेरि थपिए २९ जना कोरोनाका नयाँ संक्रमित

Kumari bank ad

काठमाडौं । कर्णाली प्रदेशमा मंगलबार (आज) थप २९ जना कोरोना भाइरस (कोभिड -१९) का संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज २९ जना नयाँ कोराना संक्रमित थपिएका जानकारी दिए । उनले भने, “प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा २९ जनामा संक्रमण देखिएको छ ।”

उनका अनुसार सुर्खेतका ११ जना, वीरेन्द्रनगर नगरपालिका १ र ३ का ११ जना १७ देखि ५० वर्ष उमेर समूहका छन् । ती ११ जना सबै पुरुष हुन् । सल्यानको दार्मा गाउँपालिका १, २, ३ र ४ का ९ जना ३५ देखि ५० वर्ष उमेर समूहका पुरुष छन् ।

अछाम मंगलसेन नगरपालिका ४ का एकजना २३ वर्षीय पुरुष र सोही जिल्लाको मेल्लेख गाउँपालिका ४ मा ९ जना कोरोना संक्रमितका २ जना २७ र ३० वर्षका महिला र अन्य ७ जना २२ देखि ४० वर्षसम्मका पुरुष छन् । यस प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २६२ पुगेको महाशाखाले जनाएको छ ।

वि.सं.२०७७ जेठ २० मंगलवार १३:२५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...