back
NMB ad

जेठ २४ देखि बजार खोल्ने निर्णय, बैंक तथा वित्तीय संस्थाहरू नियमित सञ्चालन गर्न पाउने !

Kumari bank ad

काठमाडौं । झापाका उद्योग व्यवसायीले जेठ २४ देखि बजार खोल्ने निर्णय गरेका छन्। मंगलबार मेचीनगर उद्योग वाणिज्य संघ धुलाबारीको आयोजनामा जिल्लाका सबै उद्योग वाणिज्य संघहरूबीच सम्पन्न भएको बैठकले जिल्लाका सबै बजार जेठ २४ बाट खोल्ने निर्णय गरेको हो।

बैठकले लकडाउनका कारण हाल बन्द अवस्थामा रहेको सबै प्रकारका उद्योग कलकारखाना, बजार व्यवसायलाई प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खोल्ने व्यवस्था मिलाइदिन प्रशासनसँग अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले जेठ २३ सम्ममा आवश्यक निर्णय नगरे जेठ २४ देखि स्वतः सबै व्यवसाय खुला गर्ने निर्णय गरेको नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमियाले जानकारी दिनुभयो । तर, अति संवेदनशील क्षेत्रहरू चलचित्र घर, पार्टी प्यालेस, जिम खाना, होटेल, रेस्टुरेन्ट भने बन्द नै राख्ने निर्णय गरेको छ।

बैठकले रेस्टुरेन्ट तथा खाजा घरको हकमा भने अधिकतम सुरक्षा सावधानी अपनाएर होम डेरीभरी तथा अर्डरअनुसारको सेवा सञ्चालन गर्ने, औषधि, डेरी, कृषि सामग्री मल बिउविजन, भेटनरी र बैंक तथा वित्तीय संस्थाहरू नियमित सञ्चालन गर्न पाउनुपर्ने निर्णय गरेको छ।

वि.सं.२०७७ जेठ २१ बुधवार ०८:४९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...