back
NMB ad

व्यवसाय आलोपालो खुल्ने : कुन दिन कुन व्यवसाय खोल्न पाइन्छ ?

Kumari bank ad

वीरगञ्ज । लकडाउनका कारण व्यापार व्यवसाय चौपट भएको भन्दै विरोध हुन थालेपछि बारामा बुधवारदेखि आलोपालो प्रणालीमा व्यवसाय सञ्चालन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर लकडाउनलाई व्यवस्थित बनाउन सदरमुकाम कलैया उपमहानगरमा व्यवसाय सञ्चालनको दिन तोकिदिएको हो ।

प्रशासनको सूचनाअनुसार कपडा, साइकल, मोटरसाइकल, मोटर तथा मोटर पार्ट्स, विद्युतीय सामग्री, श्रृंगारका सामान, जुत्ता, चप्पल र सैलुन व्यवसाय आइतवार र मंगलवार खुला रहने छन् ।

त्यसैगरी किराना, खद्यान्न, आलु प्याज, किटनाशक, बीउबिजन, मलखादका पसलहरू सोमवार, बुधवार, शुक्रवार र शनिवार सञ्चालन हुने सूचनामा उल्लेख छ ।

हार्डवेयर, सुनचाँदी, भाडा वर्तन, टेलरिङ, फर्निचर र अन्य पसललाई साताको बिहीवार खोल्ने अनुमति दिइएको छ । व्यापारीहरुले व्यवसाय सञ्चालन गर्दा कोरोना संक्रमण नियन्त्रणको सुरक्षा मापदण्ड अपनाउनुपर्ने छ ।

जिल्लाका अन्य बजार क्षेत्रमा स्थानीय उद्योग वाणिज्य संघ र किराना व्यापार संघले तोकेको समय तालिकाअनुसार व्यवसाय सञ्चालनको व्यवस्था मिलाइएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । ढुवानीका लागि पनि समय निर्धारण गरिएको उनले जानकारी दिए ।

माछा, कुखुरा, पशुपंछीको दानाजस्ता बस्तुको ओसारपसार साँझ ५ बजेदेखि बिहान ५ बजेभित्रमा गरिसक्नुपर्ने छ । सिमेण्ट, डण्डी, जस्तापाता, कोइला, बिटुमिन, क्लिंकर र अन्य निर्माण सामग्री बिहान ११ देखि अपरान्ह ३ बजेको समयबाहेक अन्य समय पारेर ढुवानी गर्न प्रशासनले भनेको छ ।

उद्योग सञ्चालनका लागि मजदूरलाई उद्योग परिसरसभित्रै आवासीय व्यवस्था मिलाइनुपर्ने भएको छ । सीमा नाकाहरूबाट आउँदो असार १६ गतेसम्म आवातजावतमा रोक लगाइएको छ ।

नाकाबाट अनुमतिविना आउ/जाउ गर्न पाइने छैन । अत्यावश्यकीय सेवालाई भने दैनिक रुपमा सञ्चालनको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए ।-आजको अभियान दैनिकमा समाचार छ ।

वि.सं.२०७७ जेठ २१ बुधवार १०:५८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...