काठमाडौं । जुम्लामा तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।
मंगलबार साँझ सूचना जारी गरी निषेधाज्ञाको घोषणा गरिएको हो । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
वि.सं.२०७७ जेठ २१ बुधवार ११:२६ मा प्रकाशित