back
NMB ad

मेगा बैंकका अब सबै शाखा सञ्चालनमा

Kumari bank ad

काठमाडौं । कोरोना संक्रमणको जोखिमका बीच मेगा बैंकले सोमवारदेखि आफ्ना सबै शाखाहरु सुचारु गरेको छ । उक्त कम्पनीले विहान १० बजेदेखि दिउँसो १ बजेसम्म सबै शाखा कार्यालयबाट सेवा प्रदान गर्ने जानकारी दिएको हो ।

संक्रमणको जोखिमलाई ध्यानमा राखी शाखा कार्यालयहरुमा गरिएको सुरक्षा व्यवस्थालाई सहज रूपमा स्वीकार तथा पालना गर्न पनि ग्राहकहरुलाई कम्पनीले आग्रहसमेत गरेको छ ।

कम्पनीले एक मिटरको सामाजीक दुरी कायम गरि सेवा लिन र जोखिम सुरक्षाका लागि मास्क तथा पञ्जा प्रयोग गर्नसमेत ग्राहकहरुलाई अनुरोध गरेको छ ।

केन्द्रीय स्तरबाट सबै शाखा सञ्चालनको लागि सूचना जारी गरे पनि स्थानीय तह तथा निकायले कुनै निश्चित समय बन्द गर्न निर्देशन दिएको अवस्थामा भने सोहि अनुसार खुला हुने उक्त कम्पनीले बताएको छ ।

गत चैत ११ गतेदेखि देशमा जारी लकडाउनका कारण धेरै जसो उद्योग धन्दा तथा व्यापारिक क्षेत्र बन्द रहेपनि बैंक तथा वित्तीय संस्थाहरुले आलोपालो गर्दै सेवा प्रदान गर्दै आएका छन् ।

मेगा बैंकले ग्राहकको सेवा र बैंकको व्यवसायमा प्रतिकुल असर नपर्ने हिसावमा विशेष सावधानी अपनाएर सेवा प्रदान गरिरहेको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिईन । उनले लकडाउनका कारण गत वर्षको अनुपातमा नाफामा भने प्रतिकुल असर पर्ने सम्भावना रहको उनले बताइन् ।

गण्डकी विकास बैंकलाई प्राप्ति गर्न गत जेठ २१ गते विशेष साधारण सभा मार्फत अन्तिम स्वीकृत प्रदान गरिसकेको उक्त कम्पनीले आगामी असार मसान्तभित्र एकीकृत कारोबार गर्ने लक्ष्य लिएको छ ।

कम्पनीकी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले गण्डकीलाई प्राप्ति गरेपश्चात देशकै ठूलो वाणिज्य बैंकको रुपमा स्थापित हुने बताइन् ।

उनका अनुसार दुई ओटा बैंक एक भएपश्चात वाणिज्य बैंकमध्ये मेगा बैंक नाफाको आधारमा ११ औं स्थानमा, निक्षेपका आधारमा ११ औं स्थानमा र कर्जाका आधारमा १२ औं स्थानमा रहने जानकारी दिइन् । ९६ ओटा शाखा मार्फत सेवा दिईरहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपश्चात शाखा सञ्जालमा पनि उल्लेख्य वृद्धि भई मेगाको पहुँच विस्तार हुनेमा अपेक्षा राखेको उनले बताइन् ।

हाल मेगाको चुक्तापूँजी रू. १० अर्ब ३८ करोड ८६ लाख २१ हजार छ भने गण्डकी विकास बैंकको रू. २ अबै ७५ करोड रहेको छ । दुबै बैंक एक भएपश्चात चुक्तापूँजी रू. १३ अर्ब १३ करोड ८६ लाख २१ हजार पुग्नेछ ।

मेगाले चालू आवको तेस्रो त्रैमाससम्म रू. १ अर्ब ४५ करोड १० लाख ९० हजार खुद नाफा गरेको छ । यस अवधिसम्म मेगाको वितरणयोग्य नाफा रू. ४५ करोड ९८ लाख ४७ हजार रहेको छ ।

वि.सं.२०७७ जेठ २६ सोमवार १५:०५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...