back
NMB ad

सोती हत्या प्रकरणमा राजनीति भयो, पीडितले न्याय पाउन गाह्रो छ : अधिकारकर्मी

Kumari bank ad

काठमाडौँ । ६ जनाको हत्या भएको रुकुम पश्चिमको सोती घटनामा राजनीतिकरण धेरै भएको स्थलगत अध्ययनकर्ताले बताएका छन् । साथै उनीहरुले घटनालाई राजनीतिकरण गरिएकाले पीडितले न्याय पाउने सम्भावना कम हुदै गएकोप्रति चिन्ता पनि व्यक्त गरेका छन् ।

क्रियाशील दलित पत्रकार संघ, नेपाल (आडजोन) ले बुधबार गरेको भर्चुअल बहस श्रृंखलामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुकुम पश्चिमकी जिल्ला प्रतिनिधि मनिषा केसीले न्यायका लागि पीडित छट्पटाई रहे पनि सरकारले न्याय दिन ढिलाई गरेको बताइन् ।

केसी रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनामा इन्सेकले तयार पारेको प्रारम्भिक प्रतिवेदन टोलीकी संयोजक हुन् ।
उनकै संयोजकत्वमा रहेको ७ जना टोलीले घटनाबारे सबैभन्दा पहिले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो ।

उनले घटनामा सलंग्नलाई बचाउन अनेक तानाबाना बुन्न खोजिएको समेत दाबी गरिन् । घटनाका प्रत्यक्षदर्शी तथा घाइतेहरुले नवराजसहित ६ जना युवाहरुलाई कुटेर, मारेपछि मात्रै भेरी नदीमा फालेको बयानको आधारमा उनीहरुको मृत्यु नभई हत्या भएको केसीको भनाई छ ।

घटनाको विस्तृत अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरिएको भन्दै केसीले वास्तविकता जान्दाजान्दै पनि घटनालाई तोडमोड गर्ने प्रयास भइरहेकोमा चिन्ता व्यक्त गरिन् ।

भर्चुअल बहसमा सहभागी पत्रकारले सोधेको प्रश्नमा जवाफ दिदै उनले भनिन्, घटना घटेको यतिका दिन भइसकेको छ । घाइतेहरु उपचारको पखाईमा छन् । पीडितहरु विछिप्त भएका छन् । घटना कसले घटायो ? भन्ने स्पष्ट बयान र प्रमाण छ । तर पनि पीडितलाई न्याय दिनुको साटो झन् घटनालाई नै तोडमोड गर्ने प्रयास भइरहेको छ, जुन दुःखद हो ।

यस्तै घटनाका बारेमा स्थलगत अध्यनन गरेर फर्केका सामाजिक अभियान्ता तथा पत्रकार अशोक दर्नालले अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित ढंगबाट विभत्स हत्या भएको भन्दै पीडितलाई न्याय दिलाउने कुरामा कसैले राजनीति नगर्न आग्रह गरे ।

मूलधारका मिडियाको टोलीसहित घटनास्थल पुगेका दर्नालले भर्चुअल छलफलका क्रममा उनले वरिष्ठ पत्रकार किशोर नेपालले पीडित परिवारलाई भेटेर विस्तृत अध्ययन गर्नुभन्दा पनि सहानभूति मात्र दिएर फर्केको उनको दावी छ ।

वास्तविक घटनास्थल नपुगेर घटना जातीय कारण नभई भेरी नदीमा हाम फालेर युवाहरुको ज्यान गएको भन्ने किशोर नेपालको भनाई गलत रहेको दर्नालको टिप्पणी थियो ।

घटनास्थल नपुगेरै घटनाबारे अनेकन भ्रम छर्ने काम वरिष्ठ पत्रकार नेपालबाट भएको दर्नाल बताउँछन् । घटनालाई तोडमोड गर्ने प्रयासमा लागेका प्रहरी, राजनीतिक दलमाथि कारबाही हुनुपर्ने पत्रकार दर्नालले बताए ।

जातीय विभेदका घटना बढ्दै गएपछि क्रियाशील दलित पत्रकार संघ, नेपाल आडजोनले भर्चुअल श्रृंखला शुरु गरेको हो ।आडजोनले दलित अधिकारकर्मी, दलित सांसद तथा पत्रकारहरुसँग रुकुम हत्या प्रकरण पछि निरन्तर छलफल चलाउँदै आइरहेको छ ।

वि.सं.२०७७ जेठ २८ बुधवार २०:५९ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...