back
NMB ad

५० अर्बको बजेट ल्याउँदै बागमती प्रदेश : लकडाउनले थलिएको अर्थतन्त्र उकास्ने, स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता

Kumari bank ad

काठमाडौं । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ५० अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । आज साँझ ५ बजे आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा बजेट प्रस्तुत गर्नुहुने भएको छ ।

बजेटमा लकडाउनका कारण थलिएको अर्थतन्त्र उकास्ने, कृषि उत्पादन बढाउने तथा उद्यामशीलता वृद्धि गर्नेखालका योजना समेटेर बजेट ल्याउन लागिएको बताइएको छ । यस बर्ष स्वास्थ्य क्षेत्रलाई बजेटले उच्च प्राथमिकता दिएको छ ।

यसअघि प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा ‘कोभिड विशेष’ कृषि कार्यक्रमलाई जोड दिएको छ । विदेशबाट फर्किएका वा स्वदेशमा रहेका तथा कृषिसम्बन्धी अनुभव, ज्ञान र सीप बटुलेका कृषि र पशुपक्षी विषयमा अध्ययन पूरा गरेर बेरोजगार रहेका युवालाई कृषिमा आवद्ध गरी उत्पादनमा जोड्न विशेष रोजगार तथा आयमूलक कोभिड विशेष कृषि कार्यक्रमको थालनी नीति तथा कार्यक्रम अनुसार नै बजेट ल्याउन लागिएको हो ।

‘मेरो उद्यम, अति उत्तम’ कार्यक्रमअन्तर्गत सात हजार १४० जनालाई रोजगारी दिने गरी आउन लागेको बजेटमा व्यावसायिक जडीबुटी फार्म सञ्चालनबाट छ हजार ४०० रोपनीमा विभिन्न किसिमका खेती गर्न दिने र २५ हजार २०० जनालाई रोजगारी दिइने तयारी सहित बजेट निर्माण गरिएको जनाइएको छ ।

वि.सं.२०७७ असार १ सोमवार १२:१३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...