back

कर्णाली प्रदेश सरकारले ल्यायो ३३ अर्ब ७४ करोडको बजेट

Kumari bank ad

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७र ७८ का लागि रू. ३३ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको छैटौं अधिवेशनको १२औं बैठकमा आगामी वर्षका लागि राजस्व र व्ययका वार्षिक अनुमानसहितको उक्त बजेट सोमवार प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेट अनुसार प्रदेश सरकारको आगामी आव २०७७र ७८ का लागि रू. ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट प्रस्तुत गरिएको छ ।

जसअनुसार पूँजीगततर्फ रू. १९ अर्ब छ करोड ९१ लाख २१ हजार ९५७५०, चालूतर्फ रू. ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार ९३४५० र वित्तीय हस्तान्तरणतर्फ रू.२ अर्ब ९९ करोड ६५ लाख ९९५० बजेट विनियोजन गरिएको छ ।

चालू खर्चअन्तर्गत कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि रू. ८७ करोड ४१ लाख, रोजगारीका लागि रू. २ अर्ब ५८ करोड २६ लाख र अन्य कार्य तथा प्रशासनिक खर्च रू.८ अर्ब ५१ करोड ९० लाख ३२ हजार रहेको छ ।

अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट रू. ३० करोड ६ लाख ५३ हजार, चालू आवको खर्च नभई बचत हुने रकम रू. ११ अर्ब १९ करोड ९ लाख ८५ हजार, संघीय सरकारबाट राजस्व बाँडफाँडवापत प्राप्त हुन आएको रू.७ अर्ब ३९ करोड ५६ लाख, वित्तीय समानीकरणबाट प्राप्त भएको रू.९ अर्ब ६३ करोड २९ लाख र सशर्त अनुदानबाट रू.४ अर्ब ४९ करोड ११ लाख परिचालन गरिने छ ।

नेपाल सरकारको समपुरक अनुदानवापत् रू. २५ करोड २५ लाख, विशेष अनुदानवापत् रू. ४६ करोड प्राप्त हुने अनुमान गरिएको छ । वैदेशिक अनुदान सहायताबाट सञ्चालित हुने कार्यक्रममा रू.१ करोड ७६ लाख १५ हजार स्रोत परिचालन हुने जनाइएको छ ।

प्रदेश सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ बाट उत्पन्न महामारी, त्यसले सृजना गर्ने सम्भावित भोकमरी र समाधानका लागि स्वास्थ्य, कृषि उत्पादन र रोजगारीलाई केन्द्रविन्दु बनाएर बजेट ल्याएको छ । रासस

वि.सं.२०७७ असार १ सोमवार १७:२० मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सस्तियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४२

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंसिर २५ गते...

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

लाभांश प्रस्तावसहित भगवती हाइड्रोपावरले बोलायो साधारण सभा

वि.सं.२०८० मंसिर २५ सोमवार १०:३१

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको...

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८० मंसिर २५ सोमवार १०:२१

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको...