back
NMB ad

मेलम्चीको पानी काठमाडौं आइपुग्न अझ एक वर्ष लाग्न सक्ने

Kumari bank ad

काठमाडौं । मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन थप ढिलाइ हुने देखिएको छ । असार मसान्तसम्म कार्य सम्पन्न गरी सुरुङ परीक्षण गर्ने भनिए पनि प्राविधिक कारणले सम्भव नदेखिएको हो ।

कोरोनाको बन्दाबन्दी सुरु भएपछि झन्डै ७५ प्रतिशत कामदार घर फर्किनु, आपूर्ति व्यवस्था सहज नहुनु र वर्षात्को समय भएकाले अझ एक वर्ष लाग्नसक्ने अनुमान गरिएको छ । प्रतिनिधि सभा विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा सो अनुमान गरिएको हो ।

बैठकमा खानेपानीमन्त्री बिना मगरले असार मसान्तसम्म मेलम्ची खानेपानी आयोजनाको भौतिक संरचना निर्माणको काम सम्पन्न गरिसक्ने बताएका छन् । उनले भने, “असारमा भौतिक काम सम्पन्न गर्ने र नयाँ आर्थिक वर्षमा सुरुङको परीक्षण र वितरण प्रणालीमा जानेछौँ । ”

बैठकमा छिट्टै नै पानी परीक्षणको प्रक्रियामा जाने उनले बताए । मन्त्री मगरले भने, “प्राविधिक जटिलतालाई सबैले बुझनुपर्छ, चुनौती आउने कुरा स्वभाविक हो । हामी चुनौतीलाई सामना गरेर काम सम्पन्न गर्छौं, जतिसक्दो छिटो मेलम्चीको पानी घरघरमा लैजाने नै हाम्रो प्रयत्न छ । ”

बैठकमा सांसदले मेलम्चीको पानी कहिलेसम्म काठमाडौँ आउन सक्छ भन्ने जिज्ञासा राखेका थिए। पटकपटक मिति सरेको हुँदा राष्ट्रिय गौरवको आयोजना भए पनि मेलम्ची आउने कुरामा मान्छेले विश्वास गर्न छाडेकोसमेत बैठकमा चर्चा भएको थिए ।

कामको प्राविधिक अवस्थालाई मध्यनजर गर्दै फेरि समय सार्न नपर्ने गरी मिति तोक्नसमेत सांसदले निर्देशन गरेका आजको गोरखापत्र दैनिकले खवर छापेको छ ।

वि.सं.२०७७ असार ११ बिहीवार ०८:१२ मा प्रकाशित

You can share this post!

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...