back
NMB ad

सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीलाई दैनिक खाजा भत्ता दिने

Kumari bank ad

हेलम्बु । हेलम्बु गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई दैनिक रुपमा खाजा खुवाउने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा हेलम्बु गाउँपालिकाले सबै सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरुका लागि खाजा बापत दैनिक १५ रुपियाँका दरले दिने भएको हो ।

नेपाल सरकारले वाल विकास देखि कक्षा ५ सम्मका विद्यार्थीहरुका लागि खाजाको व्यवस्था गरेपनि एउटै विद्यालयमा कसैलाई खाजा खुवाउने र कसैलाई नखुवाउने गर्दा विभेद भएकाले आउने आर्थिक वर्षदेखि सबै कक्षाका विद्यार्थीहरुलाई खाजा खुवाउनका लागि बजेट विनियोजन गरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

केन्द्र सरकारले गत वर्षदेखि वालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुका लागि खाजा बापत दैनिक १५ रुपियाँ प्रदान गर्दे आएको थियो । हेलम्बु गाउँपालिकाले भने अब आफ्नै बजेटबाट कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुका लागि पनि खाजाबापत केन्द्र सरकारले प्रदान गर्ने सरह नै दैनिक १५ रुपियाँ प्रदान गर्न लागेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

हेलम्बु गाउँपालिकाले विद्यार्थीहरुका लागि मात्रै होइन विद्यालयका शिक्षक र कर्मचारीहरुलाई समेत खाजाबापत दैनिक १५ रुपियाँ प्रदान गर्ने नीति तथा कार्यक्रममा नै प्रष्ट पारेको छ ।

शिक्षक तथा कर्मचारीहरुको दैनिक हाजीर रेर्कडको आधारमा खाजाबापतको रकम उपलब्ध हुन्छ गाउँपालिका अध्यक्ष शेर्पाले भने । शिक्षक र कर्मचारीहरुको विद्यालयमा उपस्थिति बढाउन र मनोबल उच्च राखेर गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले यस्तो अभियान ल्याएको अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

हेलम्बु गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि नमुना विद्यालय निर्माणको कार्य समेत गत वर्षदेखि नै सुरुवात गरेको छ । हेलम्बु गाउँपालिकाभरका विद्यार्थीहरुलाई र अन्य जिल्लाबाट आउने विद्यार्थीहरुलाई माध्यमिक शिक्षा एकै विद्यालयमा प्रदान गर्ने उदेश्यले नमुना विद्यालय निर्माणको सुरुवात गरेको र त्यसलाई यो वर्षपनि निरन्तरता दिएको अध्यक्ष शेर्पाको भनाई थियो ।

गाउँपालिकाले गत आर्थिक वर्षमा सञ्चालनमा ल्याईएको शिक्षक तथा कर्मचारी सुरक्षा कोष , कल्याणकारी कोष, अस्थायी अवकाश कोष, विद्यालय सहयोगीहरुको लागि थप भत्ता तथा पोषाक भत्ताको व्यवस्थालाई यो वर्ष पनि निरन्तरता दिएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिका भित्र रहेको विद्यालयहरुमा कार्यरत वाल विकास सहजकर्ता, लेखापाल र प्रधानाध्यापकहरुलाई थप भत्ता वापतको रकम उपलब्ध गराउँदै आएकोमा यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमराज कोइरालाले जानकारी दिए ।

गाउँपालिका भित्र रहेका विद्यालयहरुमा आ.व २०७६।०७७ मा केहि विद्यालयहरुमा सुरुवात गरिएको सम्बोटालिपी र संस्कृतलीपी को अध्यापन कार्यक्रम सञ्चालन भइरहेकोमा यस वर्ष देखि बाँकि विद्यालयहरुमा पनि उक्त कार्यक्रम विस्तार गर्दै लगिने कार्यक्रम रहेको अधिकृत कोइरालाले जानकारी दिए ।

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा वृद्धि गर्न निरन्तर भईरहेको प्रयासमा थप योगदान पु¥याउने उद्देश्यले हेलम्बु गाउँपालिका भित्रका विद्यालय नजाने विद्यालय उमेरका वालवालिकाहरुलाई नियमित विद्यालय गई पठन–पाठन गराउन प्रोत्साहन गर्दै शिक्षक विद्युतीय हाजीर जस्तै विद्यार्थीहरुलाई पनि यो वर्षदेखि अनिवार्य विद्युतीय हाजिर मेशिनबाट हाजिर गराउने कार्य अगाडि बढाईने गाउँपालिकाकी उपाध्यक्ष कोपिला पण्डितले जानकारी दिइन । -राजधानी दैनिकबाट

वि.सं.२०७७ असार १५ सोमवार ०८:४३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...