back
NMB ad

लामो समयपछि खुलेको शेयर बजारमा १३ अंकको गिरावट, ३४ करोडभन्दा बढीको कारोबार

Kumari bank ad

काठमाडौं । लामो समयपछि खुलेको शेयर बजार सोमबार १२.७८ अंकले ओरालो झरेको छ । बजार खुल्नेबित्तिकै घट्न थालेको शेयर बजार परिसूचक (नेप्से) ४० मिनेटमै ४ प्रतिशतले नकारात्मक भएपछि कारोबार २० मिनेटका लागि स्थगित गरिएको थियो

। तर, फेरि बजार बढ्दै नेप्से परिसूचकले १ हजार २ सय विन्दु छोएको थियो । बजार बन्द हुँदा यो फेरि घटेर १ हजार १८८.७८ अंकमा ओर्लिएको छ। सोमबार व्यापार, उत्पादनमूलक, अन्य र जीवन बीमा समूह बाहेकका सबै समूहका उपसूचक नकारात्मक भएका छन् । व्यापार समूह ५.२४ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूह ४.३१ प्रतिशतले बढेको छ ।

त्यस्तै, जीवन बीमा समूह ३.६५ र अन्य समूह ३.१३ प्रतिशतले बढेका छन्। सोमबारको कारोबारमा सबैभन्दा धेरै विकास ब्यांक समूह ३.७४ र वाणिज्य ब्यांक समूह २.४२ प्रतिशतले ओरालो झरे । कारोबारमा सबैभन्दा धेरै नागरिक लगानी कोषको शेयरमा लगानी गरेका लगानीकर्ताले करीब १० प्रतिशत नाफा कमाएका छन् । हिमालयन डिस्टिलरीका लगानीकर्ताले ९.९६ र नेपाल इन्भेष्टमेन्ट ब्यांकका लगानीकर्ताले ९.९४ प्रतिशत कमाएका छन्।

सबैभन्दा धेरै गुमाउनेमा स्वावलम्बन लघुवित्तका लगानीकर्ता छन् । उनीहरुले सोमबारको कारोबारमा करीब १० प्रतिशत गुमाएका छन् । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले पनि ९.९ प्रतिशत गुमाएका छन्।

सोमबार बजारमा १३० कम्पनीका रु.३४ करोड ७७ लाख मूल्य बराबरका ९ लाख ७० हजार कित्ता शेयर किनबेच भए । यो औसत बेलाको भन्दा असाध्यै न्यून कारोबार हो।

११ चैतमा बन्दाबन्दी शुरु भएसँगै बन्द नेपाल स्टक एक्सचेन्ज वैशाख अन्तिममा दुई दिन खुलेको थियो । दुई दिनमा नेप्से परिसूचक करीब ५० अंकले घटेपछि बजार फेरि बन्द गरिएको थियो । बजार खोल्न सरकारलाई चौतर्फी दबाब परेपछि नेपाल धितोपत्र बोर्डले आइतबार कारोबार खोल्न एक्सचेन्जलाई निर्देशन दिएको थियो। -lxdfn va/af6

वि.सं.२०७७ असार १५ सोमवार १५:१९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...