back
NMB ad

अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि आईपीओ विक्री गर्ने

Kumari bank ad

काठमाडौं । अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको छ ।  कम्पनीले बुधवार आव्हान पत्र जारी गर्दै रू. ३० करोड बराबरको ३० लाख कित्ता आईपीओ विक्री गर्ने जानकारी दिएको छ ।

सर्वसाधारणका लागि छुट्याईएको कुल ३० कित्ता आईपीओमध्ये कम्पनीले १ लाख २० हजार कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गर्न लागेको हो ।

छिटोमा असार २९ र ढिलोमा साउन ८ गतेसम्म विक्रीमा रहने यस आईपीओ खरीद गर्न चाहनेले न्यूनतम १० कित्तादेखि अधितम १० हजार कित्तासम्म आवेदन गर्न सक्नेछन् ।

अजोड इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

विक्री प्रबन्धकसँगै कम्पनीको केन्द्रिय कार्यालय सुन्धारा र धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

साथै, मेरो शेयर मार्फत घरमै बसेर पनि आवेदन दिन सकिनेछ । कम्पनीले आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ७ गते स्वीकृति पाएको थियो । नयाँ निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा पहिला आईपीओ विक्रीको लागि यस कम्पनीले स्वीकृति पाएको हो ।

यस कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ३ करोड ५१ लाख खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसमम रू. २ करोड ६० लाख थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ३५ प्रतिशत बढी भएको हो ।

यस वर्ष कम्पनीले रू. ६० करोड ६३ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । बीमाशुल्क आर्जन बढ्दै गएकाले आगामी दिनहरुमा व्यवासायिक विविधिकरण गरी गुणस्तरिय ग्राहकमुखी नयाँ सुविधा शुरू गरी अझ वित्तीय रूपमा सबल बनाउने योजना कम्पनीको रहेको छ । हाल रू. ७० करोड चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ निष्कासन पश्चात रू. १ अर्ब चुक्तापूँजी कायम हुनेछ ।

२०७५ असार २१ गतेदेखि यस कम्पनीले औपचारिक रुपमा कारोबार शुरु गरेको हो । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव शून्य २ र प्रतिशेयर नेटवर्र्थ रू. ११२ दशमलव ४६ छ । कम्पनीको जगेडा कोषमा रू. ३ करोड ३३ लाख रहेको छ भने बीमाकोष रकम रू. ४ करोड ८१ लाख रहेको छ ।

वि.सं.२०७७ असार १७ बुधवार १३:१० मा प्रकाशित

You can share this post!

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...