back

१७ दिनपछि आयो सुशान्तको ‘भिसेरा रिपोर्ट’ : अस्पतालले गर्यो यस्तो पुष्टि !

एजेन्सी । स्व. अभिनेता सुशान्त सिंह राजपुतको निधन आत्महत्या नभई योजनाबद्ध हत्या भएको आरोप लागिरहेको छ । यद्दपि सुशान्तको पोस्टमार्टम रिर्पोटका आधारमा प्रहरीले सुशान्तले आत्महत्या भएको पुष्टि गरेको थियो ।

तर, अझै सुशान्तका प्रशंसक, परिवार र केही कलाकारहरूले सुशान्तको हत्या नै भएको र यसमा सीबीआई जाँच गर्न माग गरिरहेका छन् । यहीबीच बुधबार सुशान्तको ‘भिसेरा रिपोर्ट’ सार्वजनिक भएको छ । मृतकको शरीरमा केही नशालु पदार्थ वा विष छ कि भनेर पत्ता लगाउन उसको शरीरको केही महत्त्वपूर्ण भित्री अंगको जाँच गरिनुलाई ‘भिसेरा टेस्ट’ भनिन्छ ।

आत्महत्याको १७ दिनपछि आएको सुशान्तको भिसेरा रिर्पोटमा केही पनि नशालु र विशालु पदार्थ नभएको जेजे अस्पतालले पुष्टि गरेको छ । पोस्टमार्टम रिर्पोटपछि भिसेराको स्याम्पल मुम्बाईस्थित जेजे अस्पताल लगिएको थियो ।

जसले पुनःएकपटक सुशान्तको मृत्यु आत्महत्याकै कारण भएको पुष्टि भएको छ । तर अझै पनि सुशान्तले आत्महत्या गर्नुको कारण भने पत्ता लागिसकेको छैन । प्रहरीले सुशान्तको आत्महत्याको कारण अनुसन्धान गर्न पारिवारिक, व्यक्तिगत र प्रोफेसनल गरी ३ फरक–फरक कोणबाट जाँच जारी नै राखेको छ ।

सुशान्तको आत्महत्याको खबर सार्वजनिक भएसँगै केही बलिउड कलाकार र प्रशंसकले इन्डस्ट्रीमा व्याप्त नेपोटिजम, ग्रुपिजमका कारण सुशान्त डिप्रेसनमा गएर यो कदम उठाएको आरोप लगाइरहेका छन् । प्रोफेसनल फ्रन्टबाट प्रहरीले अहिलेसम्म धेरैसँग सोधपुछ गरिसकेको छ तर त्यस्तो केही सुराक भेटिएको छैन । (नवभारत टाइम्स)

वि.सं.२०७७ असार १७ बुधवार १३:१४ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...