back
NMB ad

सूर्य लामिछानेलाई उत्कृष्ट जनप्रतिनिधि सम्मान, विकास पत्रकारिता पुरस्कार गौतमलाई

Kumari bank ad

संगम घर्तिमगर, बागलुङ । बागलुङमा क्रियाशील पत्रकार सुबास गौतम (खेमराज) विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
बागलुङ नगरपालिकाले यसै वर्षबाट प्रदान गर्न सुरु गरेको उक्त पुरस्कारबाट धौलागिरि जागरण दैनिक तथा राससमा कार्यरत पत्रकार गौतम पुरस्कृत भएका हुन् ।

बागलुङ नगरपालिकाले गरेका विकास निर्माणका गतिविधिहरुलाई पत्रकारिताको माध्यमबाट आम जनतासंग जोड्ने पत्रकारलाई हरेक वर्ष सम्मान गर्ने गरी बागलुङ नगरपालिकाले यसै आर्थिक वर्षबाट उक्त पुरस्कार प्रदान गर्न सुरु गरेको हो ।

पत्रकारिताको माध्यमबाट बागलुङ नगरको विकासमा महत्वपूर्ण योगदान पु¥याएकोले गौतमलाई सातौं नगरसभामा पुरस्कृत गरिएको बागलुङ नगरप्रमुख जनकराज पौडेलले बताए ।

‘पत्रकारिताका मुलुक चौथौ अंगसंगै विकासको साझेदार पनि हो, बागलुङ नगरको गतिविधिलाई आम जनतामा पु¥याएर यहाँको विकासमा योगदान पु¥याउने पत्रकारलाई सम्मान गर्न विकास पत्रकारिता पुरस्कार स्थापना गरेका थियौं,’ उनले भने,‘यो वर्ष सुबास जीको योगदान महत्वपूर्ण देखियो । उहाँलाई सम्मान गरेका छौं ।’

पुरस्कृत पत्रकार गौतम आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले बागलुङबाट प्रकाशन गर्दै आएको धौलागिरि जागरण दैनिक, अग्रसर साप्ताहिक तथा आदर्श सञ्चार अनलाईनमा सह—सम्पादकको रुपमा कार्यरत छन् । उनी राष्ट्रिय समाचार समितिको समेत संवाददाता हुन्।

गौतमले यस अघि न्यज—२४ टेलिभिजनमा समेत काम गरेका थिए । गौतमलाई नगद ३० हजार रुपैयाँ, दोसल्ला र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

सातौ नगरसभाकै अवसरमा उत्कृष्ट जनप्रतिनिधि अन्तर्गत बागलुङ नगरपालिका—१ का वडा सदस्य सुर्य लामिछाने समेत सम्मानित भएका छन् । बागलुङ नगरका १४ वडामध्येबाट उत्कृष्ट कार्य सम्पादन गर्ने जनप्रतिनिधिको रुपमा लामिछानेलाई सम्मान गरिएको बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले बताए ।

‘जनप्रतिनिधिहरु सबैले आफ्नो काम गरिरहनुभएको छ, तै पनि काम गर्नेमध्येबाट पनि उत्कृष्ट काम गर्नेलाई सम्मान गरियो भने हौसला बढ्छ भन्ने लागेपछि हामीले सम्मान गर्ने निर्णय गरेका हौं,’ खड्काले भने,‘जनप्रतिनिधिको रुपमा सूर्य जीको खटाई निकै प्रशंसनीय छ भन्ने आएपछि उहाँलाई यस पटक सम्मान गरिएको हो ।’

बागलुङ नगरपालिका—१ का वडा सदस्य लामिछाने तत्कालिन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । हक्की स्वभावका लामिछाने समस्या समाधान र कार्यसम्पादनमा सधैं अगाडी सर्ने गरेका छन् । बागलुङ नगरपालिका—१ मा वडाध्यक्षले आँट्न नसकेका समस्याहरु पनि लामिछानेले आफ्नो अगुवाईमा समाधान गर्ने गरेको बेला बखत चर्चा हुने गर्छ ।

कोरोना महामारीका कारण मुलुक लक डाउनमा गएपछि आम विपन्न र गरिब मजदुर वर्गको डाटा संकलन गर्ने देखि राहत वितरण र क्वारेनटाईनमा बसेकाहरुलाई खाना खुवाउने कार्यमा सक्रियताका साथ खटिएका लामिछानेको आम नागरिकबाट समेत प्रसंशा हुने गरेको छ । बागलुङ नगरपालिकाले बानपा—१ रामरेखामा क्वारेनटाईन निर्माण गरेर बाहिरबाट आउने नगरबासीलाई त्यहाँ राख्ने व्यवस्था मिलाएपछि त्यसको व्यवस्थापनमा लामिछाने खट्दै आएका छन् ।

क्वारेनटाईनमा आवश्यक सामग्रीको व्यवस्थापन देखि खाना खुवाउने र बागलुङ नगरपालिका—४ को धौलागिरि प्राविधिक शिक्षा प्रतिस्ठानको क्वारेनटाईनमा राखिएकाहरुलाई समेत लामिछानेले टोली बनाएर खाना पु¥याउने गरेका थिए । लामिछानेलाई पनि नगद ३० हजार सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो ।

पुरस्कार र सम्मान ग्रहण गरेपछि गौतम लामिछानेले यो पुरस्कार र सम्मानले आफुहरुलाई आ—आफ्नो क्षेत्रमा थप जिम्मेवारीका साथ कार्यसम्पादन गर्नका लागि प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् ।

वि.सं.२०७७ असार २२ सोमवार ०८:०७ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...