काठमाडौं । नेपाल थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।
बुधबार २५५, मंगलबार २०४ र सोमबार १८० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका २५ पीसीआर प्रयोगशालामा चार हजार पाँच सय ८८ जनाको नमुना परीक्षण गरिएको छ।
स्वास्थ्य मन्त्रालयले संक्रमण घट्दै गएको र जनजीवन सामान्य बन्दै जाँदा भिडभाडले अझ खतरा हुने प्रति सचेत गराएको छ । मन्त्रालयका प्रवक्ता डा. देवकोटाले यस्तो आग्रह गरेका हुन् । क्वारेन्टाइन र आइसोलेसनमा बस्नेको संख्या घट्नु संक्रमणको जोखिम घट्नु नभएको भन्दै उनले सचेत हुन सबैलाई आग्रह गरेका हुन् ।
अहिले क्वारेन्टाइनमा २४ हजार ४ सय २५ जना रहेका छन् भने आठ हजार ६ सय ५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। पछिल्लो २४ घण्टा एक सय ३९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने सात हजार आठ सय ९१ पुगेको छ।a
वि.सं.२०७७ असार २५ बिहीवार १६:१६ मा प्रकाशित