काठमाडौं । लोक सेवा आयोगले भर्खरै विभिन्न सूचना जारी गरको छ । आयोगले उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो । आयोगको काठमाडौं कार्यालयले स्थानीय तह तर्फको विभिन्न पद तथा समूहमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचना उल्लेख छ ।
कार्यालयले स्थानीय तह खुला तर्फ प्रशासन सेवा, सामान्य प्रशासन समूह, पाँचौ तह, सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
यस्तै सोही कार्यालयको स्थानीय तह तर्फ नै महिला, इञ्जिनियरिङ सेवा, सिभिल समूह, पाँचौ तह, सब– इञ्जिनियर पद र खुला तर्फको इञ्जिनियरिङ सेवा, सर्भे समुह, चौथो तह, अमिन पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको आयोगले जनाएको छ ।
सबै सूचना एकै पटकमा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७७ असार २५ बिहीवार १६:४६ मा प्रकाशित