काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतवार दुई ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
युनाइटेड फाइनान्सको ३ लाख ३ हजार १५५ दशमलव ७२ कित्ता बोनस शेयर र मञ्जुश्री फाइनान्सको १ लाख ४० हजार ७१० दशमलव ५४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।अव यो शेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।
वि.सं.२०७७ असार २८ आइतवार १२:१९ मा प्रकाशित