back
NMB ad

नयाँ आर्थिक वर्ष शुरु भएको पहिलो दिनको पहिलो घण्टामा १३.११ अंकले बढ्यो नेप्से

Kumari bank ad

काठमाडौं । नयाँ आर्थिक वर्ष शुरु भएको पहिलो दिनदेखि नेप्से सकारात्मक गतिमा अघि बढ्ने संकेत देखिएको छ । साउन १ गते बिहीवार कारोबारको एक घण्टामै नेप्से परिसूचक १३ दशमलव ११ अंकले बढेर १ हजार ३७५ दशमलव ४६ विन्दुमा पुगेको हो ।

यस अवधिसम्म नेप्से परिसूचक शून्य दशमलव ९६ अंकले बढ्दा रू. १७ करोड ६४ लाख ९५ हजार बराबरको शेयर कारोबार भएको छ । १५५ कम्पनीको ३ हजार १३६ पटकको व्यापारमा ५ लाख ८ हजार ९८७ कित्ता शेयर कारोबार भएको हो ।

कारोबारमा आएका १२ ओटा समूहमध्ये बैंकिङ १ दशमलव १६ प्रतिशत, विकास बैंक १ दशमलव शून्य २ प्रतिशत, उत्पादन तथा प्रशोधन शून्य दशमलव १९ प्रतिशत, अन्य शून्य दशमलव ६२ प्रतिशत, लघुवित्त शून्य दशमलव १३ प्रतिशत , जीवन बीमा १ दशमलव २१ प्रतिशत र म्युचुअल फण्ड शून्य दशमलव ९७ प्रतिशत बढेको छ भने अन्य समूहको परिसूचक घटेको छ ।

यस अवधिसम्म व्यापारिक समूहको परिसूूचक सबैभन्दा बढी १ दशमलव ६६ प्रतिशत घटेको छ । बिहीवार पनि एनआईसि एशिया लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन रू. ५३ ले यस कम्पनीको शेयरमूल्य बढेको छ ।

एक घण्टाको कारोबारमा सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको रू. २ करोढ ४९ लाख ६५ हजार बराबरको शेयर कारोबार भएको हो ।

वि.सं.२०७७ साउन १ बिहीवार १२:२० मा प्रकाशित

You can share this post!

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...