back
NMB ad

शेयर बजारमा चमक : नेप्से फेरी १४०० नजिक, १ अर्ब ४ करोड बराबरको कारोबार

Kumari bank ad

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन साउन १ गते नेपालको शेयर बजार हरियो भएर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ३२ दशमलव ४२ प्रतिशत बढेर १ हजार ३९४ दशमलव ७७ विन्दुमा पुगेको छ ।

२ दशमलव ३८ प्रतिशत बढेको बजारमा रू. १ अर्ब ४ करोड १७ लाख ७० हजार बराबरको कारोबार भएको छ । कारोबार रकम पनि असार ३१ गतेको तुलनामा थोरै बढेको छ ।

असार ३१ गते बुधवार रू. १ अर्ब १६ करोड ४ लाख ९१ हजार बराबरको कारोबार भएको थियो ।कोरोना संक्रमण पश्चात करीब ९८ दिनपछि असार १५ गतेदेखि निरन्तर रुपमा सञ्चालन भैरहेको शेयर बजारले बुलिस ट्रेण्डको गति लिएको जानकारहरु बताउँछन् ।

लामो समय घटेको बजार सुधारका लागि सम्बद्ध पक्षहरुले आ–आफ्नो तर्फबाट पहल गरेका कारण बजारमा सकारात्मक प्रभाव परेको जानकारहरुको बुझाई छ ।

पछिल्लो समय बैंकमा लगानीयोग्य पूँजीको प्रयाप्तता, कम व्याजदर, घरमै बसेर कारोबार गर्न सक्ने वातावरण लगाएतले बजारले गति लिएको र आगामी दिनमा पनि बजारमा सकारात्मक प्रभाव पार्ने खालका विषयहरु सम्बोधन हुने सम्भावना रहेकाले बजार बढ्ने अनुमान विश्लेषकहरुले लगाएका छन् ।

साउन १ गतेको कारोबारमा सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ५२१ मा रू. ९ करोड ४१ लाख ७२ हजार बराबरको कारोबार भएको हो । दोस्रो बजारमा कारोबार शुरु भएको छैठौं दिन पनि एनआईसि एशिया लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस दिन कम्पनीको शेयरमूल्य रू. ५३ ले वृद्धि भएको छ । बिहीवारको कारोबारमा मितेरी डेभलपमेण्ट बैंकको शेयरमूल्य पनि ९ दशमलव १२ प्रतिशत अर्था रू. २८ ले बढेको छ । दोहोरो अंकले बढेको बजारमा ४५ ओटा कम्पनीको शेयरमूल्य घटेको छ ।

यस दिन ओरियण्टल होटल र राधी विद्युत् कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी गुमाएका छन् ।यो दिन ओरियण्टल होटलको शेयरमूल्य रू. २१ र राधी विद्युत् कम्पनीको शेयरमूल्य रू. ९ ले घटेको छ । साउन १ गतेको कारोबारमा १२ ओटा समूहकै परिसूचक हरियो देखिएको छ ।

यस दिन बैंकिङ् समूहको ३ दशमलव ५६ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ५९ प्रतिशत, होटल समूहको शून्य ८४ प्रतिशत, विकास बैंकको ३ दशमलव ५१ प्रतिशत, जलविद्युत् समूहको १ दशमलव शून्य ३ प्रतिशत, वित्त समूहको २ दशमलव ५७ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव २७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ६९ प्रतिशत, अन्य समूहको शून्य दशमलव ८८ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव २७ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव ६२ प्रतिशत र म्युचुअल फण्ट समूहको शून्य दशमलव २६ प्रतिशत परिसूचक बढेको हो ।-आर्थिक अभियानबाट

वि.सं.२०७७ साउन १ बिहीवार १५:३० मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...