काठमाडौं । नेकपा स्थायी कमिटीको शुक्रबार दिउँसो तीन बजे बस्ने तय भएको बैठक फेरि दुई दिन सरेको छ । अर्काे बैठक आइतबार तीन बजे बस्ने तय भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
आज विहान ११ बजे बस्ने तय भएको बैठक चा घण्टा पछाडि सारेर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।
दुबै अध्यक्षको छलफलबाट स्थायी कमिटी बैठक दुई दिन सारिएको स्रोतले बतायो । पार्टीमा उत्पन्न विवाद समाधानका लागि सघन छलफलबाट सहमतीको कोसिस गर्ने गरी बैठक सरेको एक नेताले बताए ।
वि.सं.२०७७ साउन २ शुक्रवार १२:५८ मा प्रकाशित