काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको २०७७र७८ को मौद्रिक नीति कोरोना प्रभावले थलिएको व्यवसायको पुर्नउत्थान हुने गरी ल्याउँदै छ ।
आज ३ बजे सार्वजनिक हुने मौद्रिक नीतिले बैङ्क तथा वित्तीय संस्थालाई राहत दिने बताइएको छ । आज आउने मौद्रिक नीतिले बैङ्क तथा वित्तीय संस्था, ऋणी र निक्षेपकर्तालाई बचाउने गरी राहत प्याकेजको घोषणा गर्ने राष्ट्र बैङ्क स्रोतले बताएको छ ।
सबैतिरबाट पेल्ने भन्दा पनि बचाउने गरी मौद्रिक नीति बनाइएको राष्ट्र बैङ्कले बताएको छ । मार्जिन कर्जाको ७० प्रतिशतसम्म ऋण दिन पाउने व्यवस्था गरिएको छ। गाडी कर्जाको सिमा ६० प्रतिशत पु¥याइएको छ।
वि.सं.२०७७ साउन २ शुक्रवार १३:३५ मा प्रकाशित