back
NMB ad

भोलि बेलुका ६ बजेबाट फेरि पूर्ण लकडाउन गरिने ! (सूचनासहित)

Kumari bank ad

काठमाडौं । समुदाय स्तरमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्न सक्ने भएपछि रोल्पाको धबाङ र गुरुङ गाउँ शनिबारदेखि अनिश्चितकालका लागि सिल गरिएको छ।

रोल्पा नगरपालिकाको वडा नं. १० र ४ का १३ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि गाउँ सिलसँगै सदरमुकाम लिबाङ र आसपासका बजारमा पूर्ण लकडाउन गरिने भएको हो।

गुरुङ गाउँको क्वारेन्टाइनमा बसेका युवा पीसीआर परीक्षण रिपोर्ट नआउँदै गाउँ पुगेको र नजिकको लिबाङमासमेत डुलेको पाइएको छ। उनको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि गाउँ र बजारमा त्रास फैलिएको छ।

धबाङमा एकैदिन १२ र गुरुङ गाउँमा १ गरी १३ जनामा कोरोना संक्रमण देखिएपछि गाउँ सिल र बजार लकडाउन गर्ने जिल्ला कोभिड संकट व्यवस्थापन (डिसीसीएमसी) ले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानामगरले जनाए।

जिल्ला प्रशासन कार्यालयले जरुरी सूचना सार्वजनिक गरेर गाउँ सिल गरिएको जनाएको छ। सिल गरिएको धबाङमा साना ठूला गरी करिव एक दर्जन गाउँ छन्।

कोरोना संक्रमित पुष्टि भएका भारतको नयाँ दिल्ली र ब्याङ्लोरबाट आएको रोल्पा नगरपालिका वडा नं. १० का वडा सदस्य शेरबहादुर थापाले जनाए। जिल्ला प्रशासन कार्यालयले जरुरी कामबाहेक घरबाट ननिस्कन र निस्कनै परेमा अनिवार्य मास्क प्रयोग गर्न भनेको छ।

सूचनामा साउन ४ गते बेलुका ६ बजेबाट नगरपालिकाको वडा नं. १,२,३ र ४ का बजार क्षेत्रलाई लकडाउन गरिने उल्लेख छ। कोरोना संक्रमित रहेको दुवै गाउँ सदरमुकाम लिबाङ आसापासका हुन्।

क्वारेन्टाइन व्यवस्थापन र नियमनमा लापरवाही भएको गुनासो आएको छ। डिसीसीएमसीले नगरप्रमुख र संक्रमित देखिएका वडाका अध्यक्ष सहितलाई आमन्त्रण गरेर संक्रमित समुदायमा घुलमिल भएको अवस्थाको विश्लेषण गरेको छ। संक्रमित समुदायमा पुगेर भेटघाट गरिएका व्यक्तिको पनि स्वाब संकलन गरी पीसीआर जाँच गरिने भएको छ।

नगरपालिकाले आकस्मिक बैठक बसी गाउँ सिल गर्ने निर्णय गरेको छ। मजदुरीमा भारत पुगेर धबाङ गाउँ फर्किएका ४५ जनामध्ये २३ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको हो।

२२ जनाको पीसीआर हुँदैछ। कोरोना भाइरसको महामारी नियन्त्रणमा जिल्लामा पछिल्लो समय लापरवाही देखिएको जनगुनासो सुनिन थालेको छ। कम मात्रामा परीक्षण भए पनि जिल्लामा हालसम्म ६६ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये प्रायः सबै भारतबाट आएका छन्। -अन्नपूर्ण पोष्ट अनलाइनबाट

वि.सं.२०७७ साउन ३ शनिवार १७:३२ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...