back
NMB ad

इन्जिनियरिङ परिषद् ऐन हिउँदे अधिवेशनबाट पारित हुन्छ : मन्त्री नेम्बाङ

Kumari bank ad

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री बसन्तकुमार नेम्बाङले इन्जिनियरिङ परिषद ऐन सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ ।

उहाँले संसदको आगामी हिउँदे अधिवेशनबाट ऐन पारित हुने पनि बताउनुभयो । इन्जिनियरिङ पेशालाई मर्यादित र सम्मानित क्षेत्र बनाउन ऐन कोशेढुङ्गा सावित हुने मन्त्री नेम्बाङको दाबी छ ।

‘इन्जिनियरिङ परिषद ऐन राष्ट्रियसभाबाट प्रतिनिधिसभामा आएर संसदको विकास समितिमा भरपुर छलफल भयो’, मन्त्री नेम्बाङले शनिबार नेपाल इन्जिनियर्स एशोसिएसनको ५८ औं स्थापना दिवसलाई सम्बोधन गर्दै भन्नुभयो, ‘ऐनमा राखिएका प्रावधानहरू परिस्कृत बनाएर फेरि प्रतिनिधिसभामा प्रस्तुत हुने अवस्थामा छ, अब हिउँदे अधिवेशनबाट पारित हुन्छ ।’

मन्त्रि नेम्बाङले इन्जिनियरको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण र स्टाफ कलेजको कुरा उठेको भन्दै त्यसका लागि विद्येयकको मस्यौदा तयार भइरहेको बताउनु भयो ।

‘यहाँहरू (इन्जिनियरहरू) को सुझाव प्राप्त भइरहेको छ’, मन्त्री नेम्बाङले भन्नुभयो, ‘विद्येयकलाई सरकारले अगाडि बढाउने कुरामा दुई मत छैन, सरकारको तर्फबाट सकेसम्म विद्येयकलाई चाँडै अगाडि बढाउने जानकारी गराउँछु ।’

उहाँले प्रशासकीय क्षेत्रका कर्मचारीको भन्दा इञ्जिनियरिङ क्षेत्रका कर्मचारीको दक्षता र भूमिका कम नरहेको समेत उल्लेख गर्नुभयो । यसले गर्दा स्थानीय तहमा प्रशासन र इन्जिनियरिङ क्षेत्रका कर्मचारीबीच विभेद भएको भए त्यसतर्फ सरकारले यथेस्ट ध्यान दिने आश्वासन दिनुभयो ।

कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषदका अध्यक्ष डिल्लीरमण निरौलाले इन्जिनियरहरूको पेशागत स्वास्थ्य सुरक्षामा सरकारले ध्यान दिनु पर्नेमा जोड दिनु भएको छ । हाल परिषदअन्तर्गत देशभर करिब ५९ हजार इन्जिनियर आबद्ध छन् ।

वि.सं.२०७७ साउन ३ शनिवार १९:४८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...