काठमाडौं । सोमवार नेप्से परिसुचक ५ प्रतिशतले बढेर दोस्रो पटक सर्किट ब्रेक लागेको छ । अव कारोबार ४० मिनेटको लागि बन्द हुनेछ । नेप्से परिसुचक ७४ अंकले वृद्धि भएर १ हजार ५५३ दशमलव ०६ विन्दुमा पुगेको छ ।
सो अवधिमा ११३ ओटा कम्पनीको रू. ९ करोड १९ लाख बरावरको शेयर खरीदविक्री भएको छ । सबैभन्दा बढी कृषि विकास बैंकको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर रू. ४७५ मा पुगेको छ ।बजार खुलेको एक मिनेटमै सर्किट ब्रेक लागेर पुन: खुलेको कारोबारमा दोस्रो पटक सर्किट ब्रेक लागेको हो ।
वि.सं.२०७७ साउन ५ सोमवार ११:३२ मा प्रकाशित