काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको थियो । चाँदी पनि आज तोलामा ५ रुपैयाँ घटेर तोलाको १ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
वि.सं.२०७७ साउन ५ सोमवार ११:४० मा प्रकाशित