back
NMB ad

अत्यावश्यक वस्तु बोक्ने सवारी साधन बाहेकका सबै बन्देज लगाउने निर्णय !

Kumari bank ad

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले देवताल गाउँपालिका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । गाउँपालिकामा एकैदिन ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी गरिएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम देवताल गाउँपालिकाभर निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

देवताल गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गरिदै आएको सम्पूर्ण सेवाहरु आजदेखि अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको छ।

अत्यावश्यक औषधी, ग्याँस, दूध, तेल बाहेकमा अन्य सम्पूर्ण पसलहरु पूर्ण रूपमा बन्द गर्ने , अत्यावश्यक कामका बाहेक अन्य कोही पनि नागरिकहरु भेला हुन तथा घर बाहिर निस्कन नहुने, अत्यावश्यक वस्तु बोक्ने सवारीसाधन बाहेकका सबै बन्देज लगाउने निर्णय भएको छ।

त्यस्तै देवताल गाउँपालिकासँग जोडिएका नगरपालिका तथा गाउँपालिकाहरूबाट देवताल गाउँपालिकामा आवतजावत गर्न निषेध गर्ने, गाउँपालिकाभित्र अर्को सूचना जारी नहुँदासम्मको लागि कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यक्रम गर्न गराउन नहुने निषेधाज्ञामा भनिएको छ।

वि.सं.२०७७ साउन ५ सोमवार १२:१८ मा प्रकाशित

You can share this post!

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...