back
NMB ad

यसरी गर्यो बागमती प्रदेश सरकारद्वारा एकै पटक ३२ वटा पुलको उद्घाटन्

Kumari bank ad

हेटौँडा । बागमती प्रदेश सरकारले आज एकै पटक ३२ वटा पुलको हेटौंडाबाट उद्घाटन् गरिएको छ । ३२ वटा पुलको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको सभाहलबाट उद्घाटन् गर्नुभएको हो ।

चालु आर्थिक वर्षमा अरु एक सय वटा पुल निर्माण सक्ने तयराी गरिएको छ । संघीय सरकारबाट प्रदेशलाई हस्तान्तरण भएका, पहिलेनै काम सुरु गरेका धेरैजसो पुलको आज उद्घाटन् गरिएको हो ।

प्रदेश सरकार निर्माण भएपछी सवै भन्दा ठुलो विकासका काम सकेका मध्यमा आज ३२ वटा पुल उद्घाटन् गर्नेकामलाई महत्वपुर्ण उपलव्धीका रुपमा लिइएको छ ।

व्यानरमा मकवानपुरको कैलास गाउँपालिकामा रहेको दुवोखोला पुल उद्घाटन् कार्यक्रम मात्र राखिएपनि प्रदेशका विभीन्न जिल्लामा रहेका ३२ वटा पुलको एकैसाथ उद्घाटन् गरिएको छ । ४३ औ पुस्पलाल स्मृति दिवसलाई अवसर मान्दै पुल उद्घाटन् गरिएको हो ।

पुल उद्घाटन पछि बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले आफ्नो कामलाई निरन्तर अघि बढाईराखेको बताउनुभयो । उहाँले अब प्रदेशले गरको कामको नतिजाहरु देखिन थालेको समेत वताउँदै भन्नुभयो–‘ प्रदेश सरकारले के गर्न सक्यो र भन्नेहरुको लागि यति छोटो समयमा पनि यति धेरै योजना निर्माण गर्न सकिनेरैछ भनेर प्रदेशले देखाएको छ ।

मिडियाले पनि प्रदेशको गतिविधिलाई स्वस्थ ढंगबाट संप्रेशण गर्नुपर्छ ।’ उहाँले भन्नुभयो–देशको धेरै विकास निर्माणको काममा लागेका छौ, तर मिडियाहरु भने एउटै परेवाभिरमा अल्झिनुभएको छ ।’ उनले परेवाभिरबाट बाटो नबन्ने समेत बताए । कार्यक्रममा बोल्दै भौतिक योजना तथा विकास मन्त्री रामेश्वर फुँयालले प्रदेश सरकारले चालु आर्थिकवर्ष भित्र अव एक सय वटा पुल निर्माण सम्पन्न गरिसक्ने दाबी समेत गर्नुभयो ।

प्रदेश सरकारले विगत दुईवटा आर्थिक वर्ष भित्रमा ३२ वटा पुल सहित एक हजार तीनसय किलोमिटर सडक निर्माण सम्पन्न गरेको जानकारी दिनुभयो ।

प्रदेश सरकारले सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ६ वटा पुल निर्माण सम्पन्न गरेको छ भने रसुवा बाहेक प्रदेशका सबै जिल्लामा पुलहरु निर्माण सम्पन्न भएकाछन् । आगामी एक महिनाभित्र अरु डेढदर्जजन पुल तयार हुने जनाइएको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यलय सिन्धुपाल्चोकले दोलखा र सिन्धुपाल्चोकमा गरी सबैभन्दा धेरै ९ वटा पुल निर्माण सम्पन्न गरेको छ ।

त्यस्तै पूर्वाधार विकास कार्यलय, ललितपुर र पूर्वाधार विकास कार्यालय, काभ्रेले छ÷छ वटा, पूर्वाधार विकास कार्यालय, चितवनले ५ वटा, पूर्वाधार विकास कार्यालय, नुवाकोटले चारवटा र पुर्वाधार विकास कार्यालय, रामेछापले दुईवटा पुल निर्माण सम्पन्न गरेकाछन् । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले प्रदेशका कुनैपनि क्षेत्रलाई विकट क्षेत्रको रुपमा नछोडिने बताउनुभयो ।

मन्त्री फुयालले प्रचुर सम्भावनाले घेरिएर रहेको तर सडक सञ्जालका हिसाबले मात्र पछाडि परेको विभिन्न क्षेत्रलाई प्रदेशको सुविधासम्पन्न, पर्यटकीय तथा आकर्षक स्थलको रुपमा विकास गर्न प्रदेश सरकारका अन्य मन्त्रालय तथा मुख्यमन्त्री डोरमणि पौडेल एवं संघीय सरकारसंग समेत छलफल गरेर अगाडि बढ्ने बताउनुभयो ।

जनताले प्राप्त गर्ने सेवा सुविधाका हिसाबले गाउँ र शहर बीच भिन्नता हुनु नहुने उनले उल्लेख गर्नुभयो । “प्रदेशको सबैभन्दा विकट धादिङको रुवीभ्याली, काभ्रेको महाभारत, मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिका हो, तर अब ती स्थानहरुलाई सुगम बनाउन प्रदेश सरकार लागि पर्छ” मन्त्री फुयालले भन्नुभयो ।  कार्यक्रममा प्रदेशका सांसदहरु, जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो ।

वि.सं.२०७७ साउन ७ बुधवार २०:०५ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...